मकवानपुरको बकैया गाउँपालिकालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी

तातोखबर, मकवानपुर / मकवानपुरको बकैया गाउँपालिकाले पालिकालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी थालेको छ।
पालिकाले गरेको अध्ययनपछि मौरीपालनको सम्भावना रहेको क्षेत्रका किसानलाई मौरीको घार वितरण गरेको हो। आइतबार आयोजित कार्यक्रममा बकैया गाउँपालिकाले वडा नम्बर १०, ११ र १२ का किसानलाई १३३ वटा मौरीको घार वितरण गरेको हो।
पालिकाले सेरेना जातको मौरी पालनका लागि ६ लाख ६५ हजारको मौरी घार वितरण गरिएको छ।
मौरीको घार वितरण कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले बकैयाले कृषि क्षेत्रमा गरेको लगानीको प्रशंसा गर्दै रोजगारी नै देश विकासको आधार भएको बताएका छन्। कृषिलाई उद्योगका रूपमा विकास गर्न आवश्यक रहेको उनले बताए।
सो कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लमिछानेले बकैयामा मौरीपालनको राम्रो सम्भावना रहेको बताउँदै किसानको आयआर्जन बढाउन पालिकाले मौरी घार उपलब्ध गराएको बताए।
बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले मौरीपालनबाट किसानलाई राम्रो आम्दानी लिन सक्ने वातावरण तयार पार्ने तयारी पालिकाले गरेको र यसले पालिकालाई मौरीपालन पकेट क्षेत्रको रूपमा विकास गर्न सघाउने विश्वास लिएको बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस