मकवानपुरमा पनि दादुरा रुवेला खोप अभियान सुरु

तातोखबर, हेटौंडा/ मकवानपुरमा पनि दादुरा रुवेला खोप अभियान सुरु भएको छ। हेटौंडा-९ स्थित रस्सल एकेडेमी खोप केन्द्रबाट आइतबार औपचारिक रूपमा कार्यक्रमको सुरुवात भएको हो।
हेटौंडा-९ का वडाध्यक्ष एवं वडा खोप समन्वय समितिका अध्यक्ष शुकराज केसीको सभाध्यक्षमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा खोप अभियानको शुभारम्भ भएको थियो।
अभियान फागुन १९ गतेसम्म चल्ने छ। अभियानअन्तर्गत ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइनेछ।
दादुरा रुबेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्युमोनियमा हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले नियमित खोप लगाउनुका साथै छुटेका ५ वर्षमुनिका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार दादुरा रुबेला खोप नलगाएमा अन्धोपन, पखाला, कान पाक्ने लगायत गम्भीर रोग हुन सक्ने भएकाले सबै बालबालिकाले नियमित रुपमा खोप लगाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस