प्लाटिनम कलेजका सञ्चालक गुरुङ सुन तस्करी प्रकरणमा पक्राउ

काठमाडौं, १४ फागुन/ / सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङ पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई आज बिहान काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिएका छन्।
गत मंसिर २१ गते फ्लाई दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो। उक्त प्रकरणमा प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा गुरुङलाई प्रतिवादी बनाइएको थियो। गुरुङलाई आजै विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी गरिएको प्रवक्ता बोगटीले बताएक छन् ।
सो गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो। उक्त सुन तस्करी गरेर ल्याएको घटनामा अन्य व्यक्ति थुनामा छन्। पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी पछि फरार भएका थिए।
चन्द्र घले र मीनबहादुर घलेसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भएको छ।
सोहि मुद्दामा विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डे, सरसफाइ कर्मचारी कपिल ओझा, गणेश चेपाङ, विमानस्थल नागरिक उड्डयन कार्यालयका सहयोगी लेखबहादुर तामाङ, अनिल श्रेष्ठ पक्राउ परेका छन्। त्यस्तै एयर साइड अफिसमा कार्यरत रमेश देउला, प्लम्बर शेरबहादुर बस्नेत र एसी प्राविधिक राधाकृष्ण श्रेष्ठको पनि संलग्नता रहेको खुलेपछि उनीहरु पनि पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस