सुशासन कायम नहुदा नेपाली युवा चरमनिराशामा पुगेको दावी

काठमाडौं, १२ फागुन / नेपाली युवा समुदाय चरम निराशामा पुग्नुको कारण देशमा सुशासन कायम नुहनु नै भएको नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलले दावी गरेका छन् । राजधानीमा आज आयोजित एक आमसञ्चार माध्यमको वार्षिक उत्सव समारोहलाई सम्बोधन गदै सांसद पौडेलले यस्तो दावी गरेका हुन् ।

सिम्पानी अनलाईन मिडियाले आयोजना गरेको आफनो स्थापनाको ७ औं वार्षिक उत्सवमा प्रमूख अतिथिका रुपमा सहभागी सांसद प्रदिप पौडेलले भ्रष्टाचार निवारक निकायमा भ्रष्टहरुलाई राजनीतिक नियुक्ती दिने नेपालको राजनीतिक संस्कारको अन्त्य नभएसम्म देशमा सुशासन आउन नसक्ने र देशमा सुशासनको प्रत्याभूति नभएसम्म देशबाट युवा पलायन हुने क्रम नरोकिने बताए । उनले भने ‘यो देशमा जनताले सुशासनको अनुभूति गर्नै पाएनन् । यो राज्यका जनताले न्याय पाउन सकेनन्, यो राज्यमा बसेर गरिखाने वातावरण पनि राज्य बनाउन सकेन, जनताले कर तिरेको पनि राज्यले देखेन, राज्यले जनतालाई सेवा दिनु पर्ने ठाउँमा राजनीतिक दलका कार्यकर्ता भर्ति गरिन्छ र दलले निर्देशन गरेका बाहेका क्रियाकलाप सञ्चालन गर्न पाईदैन । अनि यो देशमा कोही पनि बस्न सक्दैनन् ।’

Advertisement:

नेता पौडेलले देशमा कुशासन बढेर गएपछि युवाहरु आफूलाई असुरक्षित ठान्दै गए र देशमा वस्न सक्ने अवस्था नरहेपछि विदेश पलायन भएको बताए । रोजगारका लागि खोलिएको आवेदनमा योग्य ब्यक्तिहरुभन्दा अयोग्य ब्यक्तिहरुले अवसर पाउदै आएको र यहि कारणले देश युवाविहिन बन्दै गएको सांसद पौडेलले ठोकुवा गरे । अर्को एक प्रसङ्गमा प्रतिनिधि सभा सदस्य एवं सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति सदस्यहरुको बैठक औपचारिकता पूरा गर्नका लागि मात्रै भएको र त्यसमा ठोस निर्णय र सहभागीहरुको अपेक्षालाई सम्बोधन गर्न सक्ने किसिमको नभएको भन्दै असन्तुष्टि ब्यक्त गरे ।

सिम्पानी अनलाईन मिडियाका अध्यक्ष विमल भट्टको सभापतित्वमा सञ्चालित उक्त समारोहका अतिथि नेपाल उद्योग बाणिज्य महसांघका सदस्य डा. रामशरण थपलियाले राज्यको कठोर ज्यादतीले देशबाट सबै प्रकारका उद्योग व्यवसायीहरु समेत पलायन हुने वातावरण बनेको गुनासो गरे । उनले चाहिने ठाउँमा भन्दा नचाहिने ठाउँमा राज्यले शक्ति प्रदर्शन गरेर उद्योग एव व्यवसाय बन्द गराउने प्रकृया अगाडि बढाउँदै लगेको बताए ।

कार्यक्रमा अन्य अतिथिहरुले समेत शुभकामन मन्तव्य ब्यक्त गर्दै देशको बहुआयामिक परिवर्तन आउनुमा आमसञ्चार माध्यमहरुको विशेष भूमिकालाई औंल्याएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउदै आएका ब्यक्तित्वहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो । सञ्चारकर्मी एवं संगीतकर्मी विष्णुमाया पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application