धादिङको थाक्रे गाउँपालिकामा बोलेरो दुर्घटना

तातोखबर, काठमाडौँ / धादिङको थाक्रे गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा १ जनाको मृत्यु भएको छ । चालक सहित ५ जना घाइते भएका छन्।
नौबीसेबाट काउलेका लागि हिँडेको बा १६ च ८११३ नम्बरको बोलेरो काउलेमा दुर्घटना हुँदा थाक्रे-८ काउलेका ८० वर्षीय शेरबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।
मृतक तामाङको शव पोष्ट मार्टमका लागि गजुरी अस्पताल लगिएको छ। आज दिउँसो भएको दुर्घटनाका घाइते हुनेहरूमा सोही ठाउँका चालक विष्णु स्याङताङ सहित शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका छन्।
घाइतेहरूको काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उक्त बोलेरो सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस