निर्माण व्यवसायी महासंघकाे साधारणसभा हेटाैंडामा हुँदै

तातोखबर, हेटौंडा/ हेटौंडामा आउदो चैत्र १६ र १७ गते नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा हुने भएको छ । हेटौंडा- ४ स्थित रोयल पार्टी प्यालेसमा निर्माण व्यवसायी संघ मकवानपुरको सहआयोजकत्वमा साधारण सभा हुन लागेको शुक्रवार पत्रकार सम्मेलन मार्फत निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्र प्रसाद चौलागाईंले जानकारी दिए।

सभामा निर्माण व्यवसायका उपकरणहरुको स्टल समेत राखिने चौलागाईले बताए ।प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक हुन गईरहेको राष्ट्रिय स्तरको उक्त साधारण सभाले हेटौंडाको आर्थिक क्षेत्रमा थोरै भएपनी सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको चौलागाईले बताए ।

Advertisement:

साधारणसभामा देशभरका ७७ जिल्लाका, जिल्ला शाखाका प्रतिनिधिहरु, सातै प्रदेशका महासंघहरु, वस्तुगत र एसोसिएट सदस्यहरु, महासंघमा आवद्ध साधारण सदस्यहरु गरी करिव १ हजार ८ सय जना निर्माण व्यवसायीहरु सहभागि रहने आयोजकले जनाएको छ।

सभामा देश तथा विदेशमा नौलो र नंया प्रवृद्धिको प्रयोग गर्दै आएका अन्तरास्ट्रिय ख्याती प्राप्त निर्माण व्यवसायीहरुले हेटौंडाको भ्रमण पनि गर्नेछन्,जस्का कारण आागामी दिनमा निर्माण व्यवसायीहरुले पारिवारिक भ्रमण गर्दा उक्त क्षेत्रको आर्थिक क्रियाकलाप बढ्ने निर्माण व्यवसायी संघका अध्यक्ष बालगोपाल कडेलको भनाइ छ। साधारणसभामा करिव १ करोड खर्च हुने अनुमान गरिएको अध्यक्ष कडेलले बताए।

पत्रकार सम्मेलनमा नेपाल निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल, संघका पुर्व अध्यक्ष आनन्दराम पराजुली, खड्क गोपाली, लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application