किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई रवि लामिछानेको चेतावनी

तातोखबर, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले यस्तो बताएका हुन्। उनले देशभरका दूध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको बताएका छन्।
उनले किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्ने बताए। उनले भूमिहीन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको बताए।
चुनावी फण्डा नभई सुकुम्वासी आयोग र भूमि आयोगले विशेष ध्यान दिइ समस्या समाधान गर्नुपर्ने बताए।
उनले भने, ‘मेरो निर्वाचन क्षेत्र र देशभरका दुध किसान र मह किसानहरु मारमा परेका छन् । अर्कोतिर पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्दछन्। होशियार रहनुहोला।’
उनले भरतपुर महानगरपालिकाको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको पनि बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस