ठूलो लगानी गर्दैमा सफल व्यवसायी बन्न नसकिने दावी

अमेरिका, १० फागुन/ ठूलो लगानी गर्दैमा सफल व्यवसायी हुन नसकिने अमेरिकामा रहेर धितो कर्जा कारोबार व्यवसाय गर्दै आएका एक व्यवसायीले दावी गरेका छन् । अमेरिकामा रहेका नेपाली युवा व्यवसायी रुपेश कर्णले यस्तो दावी गरेका हुन् ।
पछिल्लो समयमा विकसित व्यवसाय प्रणालीको अवस्थाका बारेमा कुरा गर्दै कर्जा अधिकारीको भूमिकामा काम गरेको अनुभवअनुसार कर्णले कुनै पनि व्यवसायमा लगानी गर्नुभन्दा पनि त्यो लगानी सुरक्षित राख्न ध्यान दिनु पर्ने कुरामा जोड दिदै आएका छन् । विगत १५ वर्षदेखि अमेरिका रहेर सूचना तथा प्रविधिको विभिन्न परिमाणका परियोजना सम्पन्न गरेका नेपालका रुपेश कर्ण यहि सीप र दक्षताले अर्को व्यवसायमा प्रवेश गरी आफ्नो व्यावसायिक क्षमता विस्तार गर्न सफलता मिलेको बताउँछन् ।
कर्जा लगानी जोखीमपूर्ण हुने भए पनि अमेरिकामा लगानी सुरक्षाका लागि त्यहाँको कानून र विधीले त्यस्तो जोखीमपूर्ण नरहेको पनि उनको बुझाई छ । कुनैपनि ब्यवसायबाट लाभ लिन एक्लैको प्रयासले नसकिने र यसका लागि अग्रज एवं अनुभवी ब्यक्तिहरुको सुझाव, उत्प्रेरणा र साथको आवश्यक चाहिने ठानेका उनी आफूलाई नेपालबाट अमेरिका पुगेपछि अमेरिकामा नै रहेका आफ्ना दाजु तथा दिदीको सहयोग प्राप्त भएको बताउँछन् ।
अमेरिकामा पुगेपछि कुन बाटोबाट भविष्यको गन्तव्यमा पुग्न सकिएला ? भन्ने उनले चिन्ता मान्नु नपरेको र यसको बाटो देखाउँनेका काम आफ्नै दाजुदिदीले गरेकोले उनी कर्जा लगानीमा सफलता प्राप्त गर्न सकेको उदाहरण प्रस्तुत गर्दै जानेका अगुवाहरुबाट सिकेर आफ्नो भविष्य केलाउनु पर्नेमा जोड दिन्छन् । अमेरिकामा रहेर आवास खरिद बिक्रीमा काम गर्दै आएका आफ्ना अग्रज ब्यक्तिहरुसँगको सम्पर्क विस्तारले कर्जा अधिकारी रुपेश कर्णलाई कर्जा लगानीको विषयमा काम गर्न सहज भएको कर्ण बताउँछन् । थोरै लगानीको अभावमा पनि मानिसहरुले ठूलो अवसर गुमाईरहेका हुन्छन्, तर त्यति लगानी जुटाई दिने संयन्त्र आफूले तयार पार्ने हो भने यसले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भने त्यसैलाई आफ्नो व्यवसाय बनाउन सकिन्छ भन्ने ठानेर आफू यहि कर्जा लगानीकर्ताको पहिचान बनाउन सफल भएको उनको भनाई छ ।
कर्जा लगानिकर्ताका रुपमा काम गरेपछि कस्ता व्यवसाय तथा उद्योगमा लगानी गर्दा प्रतिफल राम्रो आउन सक्छ ? भन्ने जिज्ञाषामा उनी भन्छन् ‘साधारणतया जुनसकुै व्यवसाय वा उद्योगमा लगानि गर्दा त्यो व्यवसायको विगतको अनुभव र अभ्यास अनि लाभको इतिहास बढी महत्वपूर्ण हुन्छ । कसैलाई कर्जा प्रवाह गरिदैछ भने उसको विगतको विश्वासका आधारहरुलाई हेर्नु पर्छ । मैले बैंकिङ् सफ्टवेयरमा काम गर्दा पनि त्यसमा राम्रो जानकारी हासिल गर्दै आएको थिएँ । सूचना तथा सञ्चार प्रविधिमा काम गर्दा त्यहाँ व्यावसायिक कर्जा प्रवाहको बारेमा राम्रो ज्ञान हासिल गर्ने अवसर मलाई मिल्यो । त्यसले मलाई कस्ता व्यवसायमा कर्जा प्रवाह गर्दा प्रतिफल राम्रो लिन सकिन्छ, कर्जा सुरक्षा बलियो हुन्छ भन्ने कुरामा ढुक्क हुने अवस्था आयो । त्यसैले जुनसुकै व्यवसाय वा उद्योगमा लगानी गर्दा पनि कर्जा सुरक्षाको अवस्था हेरेर गरिन्छ । अमेरिका जस्तो देशमा आवास व्यवासयमा कर्जा लगानि गर्दा सजिलो हुन्छ, त्यसमा धितोको परिमाण कर्जाको परिमाण पनि ठूलो हुन्छ । त्यस्ता व्यवसायमा लगानी गर्दा यसबाट बढी लाभ लिन सकिन्छ भन्ने थियो तर पछिल्लो समयमा मेरो झुकाव बाणिज्य क्षेत्रमा बढेर गएको छ ।’
जुनसुकै व्यवसायलाई दीगो र भरपर्दो बनाउन उत्पादन होस् सेवा, त्यसमा गुणस्तरीयता र विश्वसनीयताको ठूलो मान्यता हुने पनि कर्जा अधिकारी रुपेश कर्णको बुझाई छ । त्यस्तो गुणस्तरीयता अध्ययन गर्न पनि कर्जाग्राहीको विगतका कागजात हेर्नु पर्ने उनी बताउँछन् । उनका अनुसार अमेरिकामा कुनै पनि लाभ ग्राही वा सेवाग्राहीले विगतमा कस्तो उपलब्धी प्राप्त गरेको छ र अब ऊ कसरी अगाडि बढ्न चाहन्छ ? उसको मनोविज्ञान नबुझी कर्जाग्राहीको कुनै पनि व्यवसाय वा उद्योगमा लगानी गर्न नसकिने कर्णको भनाई छ ।
अमेरिकामा कुनै पनि कसैले व्यवसाय शुरु गर्दैछ भने वा कुनै आवास खरिद गर्दैछ भने पहिला त कर्जाअधिकारीहरुसँग परामर्श लिनु पर्ने कर्जा अधिकारी रुपेश कर्ण बताउँछन् । उनका अनुसार कर्जा अधिकारीहरुले सेवाग्राहीहरुको आर्थिक क्षमता मूल्याङ्कन गर्न सक्ने र त्यसकै आधारमा उनीहरुको लगानीको परिमाण बताउँन सक्ने भएकाले त्यो व्यवसाय वा खरिदका लागि कर्जाअधिकारीहरुको परामर्श आवश्यक छ । परमार्शपछि घर खरिद गर्न लाग्ने हो भने विक्रेतासँग सम्झौता गर्न सकिने र सम्झौतापछि मात्रै वित्तीय व्यवस्पाथनको कृयाकलाप स्वीकृत गर्न सकिन्छ । कर्जा अधिकारीको पहिलो परामर्श कुनै पनि आवास खरिदकर्ता वा व्यवसायीहरुलाई आवश्यक भएको कर्जाअधिकारी रुपेश कर्ण बताउँछन् । अझ अमेरिकामा कर्जा लिएर घर खरिद गर्न इच्छुक उपभोक्ताहरुका लागि कर्जा अिधकारीहरुसँगको समन्वयकारी भूमिकाको आवश्यकता पनि उनले देखेका छन् ।
अमेरिकामा आएर लामो समय नवस्ने तर जति समय बसिन्छ त्यति बेलासम्मका लागि पनि केही व्यवसाय गर्न वा घर खरिद गर्न चाहने सेवाग्राहीहरुलाई कर्जाअधिकारीहरुको परामर्श आवश्यक हुने कर्णको बुझाई छ । अस्थायी रुपमा अमेरिकामा रहेको आफ्नो कुनै व्यवसाय तथा आवास अमेरिकाबाट बाहिरिदा कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्ने बारेमा कर्जा अधिकारीहरुले राम्रोसँग बुझाउन सक्ने भएकाले त्यस्ता सेवाग्राहीहरुलाई यस किसिमको परामर्श लिन सम्बन्धित पक्षलाई उनी अनुरोध गर्छन् ।
कर्जा अधिकारीको जिम्मेवारी एक पटक कर्जा प्रवाह गर्दैमा नसकने भन्दै रुपेश कर्ण भन्छन् ‘कुनै पनि कर्जा अधिकारीले कर्जाग्राहीहरुसँग बेलाबखतमा सम्वाद र सम्पर्क विस्तार गरी पछिल्लो अवस्थाको बारेमा जानकारी लिन छोड्नु हुदैन । किनेभने ऊसँग गरिएका सम्झौता र त्यसपछि परिणाम अरु सेवाग्र्राहीहरुका लागि काम लाग्न सक्छ । यसो गर्दा बजारमा कर्जा प्रवाहको पछिल्लो अवस्था के छ ? नर्याँ कर्जाप्रणाली के कस्तो रुपमा विकास हुदैछ ? यसले कर्जाग्राही र कजादातासँग घनिष्ठ सम्बन्ध राख्छ ।’
अमेरिकामा सूचना प्रविधिको पेशाबाट कर्जा अधिकारीसम्म बन्न पुगेका रुपेश कर्ण आफ्नो विकसित क्षमता र योग्यताअनुसार आफ्नो पेशा वा व्यवसाय परिवर्तन गर्दै भविष्य निर्धारण गर्न सकिने मान्यता राख्छन् । उनी आमयुवाहरुलाई हौसलाका श्रोतका रुपमा पनि देखा परेका छन् ।
— शोनिसा थापा
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस