वन तथा भूसंरक्षण विभागको कार्यालयमा खुलेआम चुरोट बिक्री

department-of-forest-and-soil-conservation

तातोखबर संवाददाता, काठमाडौँ / सरकारले कुनै पनि सार्वजनिकस्थलको २०० मिटर वरपर चुरोट सुर्ती लगायत धूमपानजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाए पनि वन तथा वातावरण मन्त्रालय अन्तर्गत बानेश्वरको बबरमहल स्थित वन तथा भूसंरक्षण विभागको जलाधार तथा पहिरो व्यवस्थापन कार्यालय परिसरमा खुलेआम चुरोट बिक्री भैरहेको तथ्य फेला परेको छ ।

तातोखबरमा आएको उजुरी उपर गरिएको स्थलगत अनुगमनका क्रममा उक्त तथ्य फेला परेको हो ।

Advertisement:department-of-forest-and-soil-conservation

चुरोट बेच्ने अरु कोहि नभएर सोहि कार्यलयमा कार्यरत कार्यालय सहयोगी हर्क श्रेष्ठ हुन् । उनी कार्यालयमा भन्दा बढी समय आफुले कार्यलय भित्र खोलेको चिया पसलमा हुन्छन् । उनले कार्यालयको एककोठे भवन नै प्रयोग गरेर चिया र चुरोट खुलेआम बेचिरहेका छन् ।

उक्त कार्यालय परिसरमा चुरोट बेचिरहेको प्रमाणसहित कार्यालयका उप-निर्देशक गणेश पौडेललाई पटक-पटक हाम्रा संवाददाताले ध्यानाकर्षण गराएका थिए ।

उनले तातोखबरलाई उक्त कार्य रोक्ने आश्वासन दिएका थिए । पौडेलले उक्त कार्य रोकिएको बताएता पनि बिक्री नरोकिएको पाइएको छ ।

सार्वजनिकस्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई एक सय जरिवाना र बिक्रीवितरण गरे रु दश हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ । सार्वजनिकस्थलमा धूमपान गर्ने व्यक्ति कर्मचारी भएमा विभागीय कारबाहीसम्म गरिने नियम भएता पनि उक्त नियम कार्यान्वयन गर्नेमा भन्दा पनि कार्यालय सहयोगि जोगाउन कार्यलय प्रशासन लागेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application