बम्हदिकका विद्यार्थीले गरे खाजा खर्च कटाएर सहयाेग
मकवानपुर – हेटौंडा-४ मा रहेको ब्रह्ममदिक एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाई एक सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन् । नर्सरी देखि १० कक्षा सम्मका विद्यार्थीले खाजा खर्च कटाई गढी गाउँपालिका ६ नम्बर वडा स्थित कालीदेवी आधारभूत विद्यालयमा अध्ययन गर्ने ५२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।
विद्यार्थीहरूमा व्यवहारिक ज्ञान दिन सधैँ अग्रसर रहँदै आएको विद्यालयले सामाजिक अध्ययन विषय अन्तर्गत विद्यार्थीहरूमा मानव मूल्यको विकासमा प्रत्यक्ष सहभागिता विधिअनुसार गराउने उद्देश्य अनुरूप यो कार्यक्रम गरिएको शिक्षक अमित क्षेत्रीले जानकारी दिए । विद्यार्थी र शिक्षकबाट उठेको रकमबाट ६० हजार बराबरको कापी,कलम,कलर, जोमेटिबक्स हस्तान्तरण गरिएको थियो ।
ब्रह्मदिक एकेडमी कक्षा-९ का विद्यार्थीहरुको पहलमा संकलन गरेको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान , ब्रह्मदिक एकेडमीका शिक्षक भोलाप्रसाद शिवाकोटी, अमित क्षेत्री, राजेश महतो, स्मृति पुडासैनी लगायत कक्षा-९ मा अध्ययनरत सबै विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

