मोहन वैद्यका दुई केन्द्रीय कार्यकर्ता पक्राउ, यातायात र डीडीसी प्रमुखमाथि दुर्व्यवहार
तातोखबर, काठमाडौँ / मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका युवा संगठनका केन्द्रीय सदस्य शुकबहादुर परियार र कर्णाली प्रदेश इञ्चार्ज दीपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ प्रहरीले जनाएको छ।
उनीहरुले दुग्ध विकास संस्था (डीडीसी) का महाप्रबन्धक सञ्जीव झा र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई दुर्व्यवहार गरेको आरोप छ।
गत माघ २९ मा यातायात विभागका महानिर्देशक रिजाल र फागुन ४ मा डीडीसीका महाप्रबन्धक झा माथि दुव्र्यवहार भएको थियो। त्यसपछि उनीहरुले कालोमोसो दलेका थिए ।
उनीहरु चन्दा माग्ने कार्यमा संलगन रहेको पनि प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय