“आखाँ झुम्न थाल्यो“ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, ६ फागुन / प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो“सार्वजनिक गरिएको छ । मेला इन्टरटेन्मेन्टको प्रस्तुतिको रुपमा उक्त बोलको म्युिजक भिडियो सार्वजनिक गरिएको हो ।

गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द तथा सुवर्ण कुमारको सङ्गीत रहेको छ । २५ बर्षको अमेरिका बसाइपछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए ।

Advertisement:

सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको उक्त म्युजिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application