बालअधिकारको प्रत्याभूति बिना नयाँ विश्व सम्भाव नभएको अधिकारकर्मीको दावी
काठमाडौं, ६ फागुन / बालअधिकारको प्रत्याभूति बिना ‘नयाँ विश्व’ सम्भाव नभएको अधिकारकर्मीहरूले बताएका छन् । स्वतन्त्रताका लागि उठौं, नयाँ विश्व बनाऔं’ भन्ने नारासहित काठमाडौमा आयोजित विश्व सामाजिक मञ्चको आइतबार भएको ‘ग्लोबल एसेम्ब्ली अन चाइल्ड राइट्स’ कार्यक्रममा बोल्दै अधिकारकर्मीहरूले यस्तो धारणा राखेका हुन् ।
कन्सोर्टियम नेपालको संयोजनमा भएको उक्त सत्रमा बोल्दै विभिन्न बक्ताहरूले बालविवाह, भोकमरी, युद्ध, आप्रवासन, बेचबिखन, बाढीपहिरो, यौन व्यवसायलगायतका क्षेत्रमा बालबालिका र किशोरकिशोरीलाई लगाउनु दु्ःखद भएको बताएका छन् ।
कार्यक्रममा अनलाइन मन्तव्य राख्दै युएन सीआरसी कमिटी अध्यक्ष प्रो.आन स्केल्टनले यस्ता सामाजिक भेलाहरुमा विश्व चुनौतिका बारेमा विचार विमर्श र छलफलले समस्याका सामधान गर्ने उपाय खोजी हुने बताइन् । सभालाई सम्बोधन गर्दै युएन सीआरसी कमिटी उपाध्यक्ष रिन्चेन चोपेलले आफू यो नेपालको यो सम्मेलनमा ज्ञान बाँड्न आएको नभएर नेपालीले अनेकौं चुनौतिका बाबजुद पनि यस प्रकारको आन्दोलनमार्फत आफ्नो जीवनमा ल्याएको परिवर्तन र संघर्षलाई नजिकबाट नियाल्दै त्यसबाट अभिप्रेरित बन्न आफू नेपाल आएको बताए । 
डिकेए अस्ट्रियाकी इन्ग्रेड पिन्टरेचले बालबालिका लागि एउटा न्यायमूलक विश्व स्थापना गर्न आवश्यक रहेको बताउँदै विश्वमा बिगँ्रदै गएको वातावरण जलवायु परिवर्तनका यसले विश्वब्यापी रूपमा बालबालिका र युवाहरूको जीवनमा पारेका असरका मुद्दाहरूलाई सम्बोधन गर्नैपर्ने बताइन् । उनले बिग्रँदो वातावरण र जलवायु परिवर्तनका असरहरूबाट बढी प्रभावित पिछडिएका र आदीवासी बालबालिकाको सवालमा काम गर्न समेत जोड दिइन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ बाल अधिकारकर्मी तारक धितालले बालबालिका र किशोरकिशोरीको अधिकारको लागि परिर्वतन सहितको दबाब सिर्जना आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रम बालबालिका र किशोरकिशोरीको अधिकार र उनीहरूको न्यायको लागि फलदायी हुने बताए । कार्यक्रममा बोल्दै अधिकारकर्मी गौरी प्रधानले बालअधिकार पनि मानव अधिकार नै भएपनि मानवअधिकारका सवालले बालबालिकाका समस्यालाई सम्बोधन गर्न नसकेको बताए । उनले बालबालिकाका सबालमा बालमैत्री अलग्गै कानुन आवश्यक रहेको बताए । 
अधिकारकर्मी डा. कुन्दन अर्यालले बालअधिकारको प्रत्याभूतिका लागि बाल सुरक्षा र बाल सहभागितामा जोड दिनु पर्ने बताए । उनले अहिले पनि विद्यालय शान्ति क्षेत्र अभियानको सार्थकता रहेको बताउँदै बालअधिकार प्रत्याभूतिका लागि भयरहित वातावरणको सुनिश्चितता गर्नु पर्ने बताए । कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बालबालिकाका लागि न्यायपूर्ण विश्व बनाउनु पर्ने बताए । ‘हामीले फरक विश्व बनाउने भनेका होइनौं । सबै एकजुट भएर लाग्यौं भने यहि विश्वलाई न्यायपूर्ण विश्व बनाउन सकिन्छ भनेका हौं,’ उनले भने । 
उक्त कार्यक्रममा बाल अभियन्ता मुस्कान खातुन, शिरमाया पुन मगर, अभिनय चौहानलगायतले आ–आफ्ना अनुभव सुनाएका थिए । नेपालको गैरसरकारी संस्था महासंघले संयोजन गरेको यो सम्मेलनमा विश्वका विभिन्न ९१ मुलुकबाट सहभागिता रहेको बताइएको छ । आयोजकका अनुसार नेपाली र अन्तर्राष्ट्रिय गरी करिव १२ सय संघसंस्था कार्यक्रममा सहभागीका रूपमा जम्मा भएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस




