प्रहरी प्रभाग बलम्बुमा गोली चल्यो

तातोखबर, काठमाडौँ / डिउटी सकेर पेस्तोल बुझाउने क्रममा प्रहरी प्रभाग बलम्बुमा गोली चलेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं डिआइजी भीमप्रसाद ढकालले गोली चलेको पुष्टि गर्दै केही मान्छे घाइते भएको प्रारम्भिक सूचनालाई पुष्टि गरेका छन् । डिउटी सकेर इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ पेस्तोल बुझाउन कोर्टमा पुग्दा गोली चलेको थियो।
गोली लागेर एक सर्वसाधारण सहित दुईजना घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको डिआइजी ढकालले बताए। घाइते दुबैको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको र घटनाबारे छानबिन भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस