बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव: (फोटोफिचर)

kavre-krishi-mahotshab

तातोखबर,  कृषि /काभ्रेको बनेपामा ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव-२०८०’को आयोजना भएको छ  । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका संयुक्त आयोजनामा जिल्लाका किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले आउँदो फागुन ४ देखि ७ गतेसम्म बृहत् कृषि महोत्सवको आयोजना भएको हो ।

महोत्सवमा उत्पादन र प्रशोधनसँग सम्बन्धित उपकरणहरू, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरूका स्टल राखिएका छन् ।

Advertisement:kavre-krishi-mahotshab

जारी महोत्सवमा कृषिका  नयाँ प्रविधि र विभिन्न सवालका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरतासम्बन्धी सेमिनार, कृषकका रैथाने प्रविधिहरूको प्रदर्शन, उन्नत बीउबिजन, यन्त्र, औजार, उपकरण अन्य सामग्रीको बिक्रीवितरण, स्थलगत बाली तथा माटो शिविरको आयोजना भएको छ ।

महोत्सवबाट कम्तीमा एक सय व्यावसायिक फार्म, स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य बस्तु तथा उपकरण बिक्रीमा राखिएको छ । उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवम् व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा आयोजकले राखेको छ ।

फोटोमा कृषि महोत्सव

kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080kavre-krishi-mahotshab2080

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application