आज प्रतिनिधिसभामा विधेयकसहित विभिन्न ५ शीर्षकहरुमाथि छलफल हुने

काठमाडौं, ६ फागुन / आज प्रतिनिधि सभामा विधेयक र प्रतिवेदनसहित विभिन्न ५ शीर्षकहरुमाथी छलफल हुने भएको छ । पूर्व निर्धारित समय तालिकाबमोजिम संघीय संसद भवन नयाँ बानेश्वरमा आज ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विधेयक र प्रतिवेदनसहित विभिन्न ५ शीर्षकहरुमाथि छलफल हुन लागेको हो ।
‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’, ‘अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धी प्रतिवेदन–२०८०’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश–२०८० लाई अस्वीकार गरियोस्’, ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक–२०८०’ ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन), अध्यादेश २०८० लाई स्वीकृत गरियास्’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन), अध्यादेश २०८० लाई स्वीकृत गरियास्’ माथि छलफल हुने व्यहोरा संघीय संसद सचिवालयले जनाएको छ ।
सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर समेत हुने कार्यसूचिअनुसार बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रहरूको व्यहोरा पढेर सुनाएपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिईएको छ ।
राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ । त्यैसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवाद्वारा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन–२०८०’ पेस गर्ने कार्यतालिका रहेको छ भने आजै प्रेम सुवालले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको पनि संसद सचिवाले दिएको सूचनामा उल्लेख गरिएको छ ।
आज हुने बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन), अध्यादेश २०८० लाई स्वीकृत गरियास्’ भनेर अर्थमन्त्री प्रकाशशरण महतले प्रस्ताव पेश गर्नेछन् भने उनले नै अर्को ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक,२०८० माथि विचार गरियो’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची आजकै बैठकमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस