अब संसदमा प्रधानमन्त्रीलाई ठाडै प्रश्न सोध्न नपाईने

काठमाडौं, ४ फागुन / अब संसदमा सरकारको काम–कारबाहीका विषयमा प्रधानमन्त्रीलाई ठाडै प्रश्न सोध्न नपाईने भएको छ । संसदमा एक पटक धेरै सांंसदहरुले प्रश्न गर्दा व्यवस्थापकीय कठिनाई हुने भन्दै उक्त प्रकृया परिवर्तन गरिएको हो ।

प्रतिनिधिसभामा सचिवालयले दिएको जानकारीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेकामा अब त्यो व्यवस्था परिवर्तन भएसँगै एक पटकमा बढीमा १५ जनासम्म सांसदहरुले प्रश्न गर्न पाउने छन् । संसद सचिवालयमा क्रमसंख्याको आधारमा प्रश्न लिने व्यवस्था गरिएको जानकारीमा उल्लेख गरिएको छ ।

Advertisement:

त्यसैगरी प्रधानमन्त्रीलाई सांसदले सोध्ने प्रश्न अग्रिमरुपमा संसद सचिवालयलाई टिपाउनुपर्ने व्यवसस्थाअनुरुप नै आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ संसद सचिवालयको सूचनामा जनाईएको छ । आगामी आइतबार हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउन क्रम संख्या ३४ देखि ४८ सम्मका सांसदसँग प्रश्न माग गरिसकिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताएका छन् ।

सोही क्रमसङ्ख्यामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम पनि समावेश गरिएको बताईएको छ । प्रश्नउत्तरमा भाग लिन पाउने सांसदहरुलाई प्रश्न टिपाउन बुधबारसम्म समय तोकिएकोमा १३ वटा प्रश्न प्राप्त भएको छ । प्राप्त प्रश्नहरु संसद सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइसकेको जानकारीमा उल्लेख गरिएको छ । एमाले अध्यक्ष ओलीको तर्फबाट कुनै प्रश्न प्राप्त नभएको प्रवक्ता गिरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application