उल्लेखनीय सङ्ख्यामा विशेषज्ञ चिकित्सक खोज्दै नेपाल मेडिकल कलेज
काठमाडौं, ४ फागुन / नेपालबाट दक्ष जनशक्ति धमाधम विदेशिदै गर्दा नेपाल मेडिकल कलेजले उल्लेखनीय सङ्ख्यामा विशेषज्ञ चिकित्सकको माग गरेको छ । उक्त मडिकल कलेजले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न विधका विशेषज्ञ चिकित्सकहरु माग गरेको हो ।
जोरपाटी काठमाडौंमा सञ्चालनरत नेपाल मेडिकल कलेज प्रशासनद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएअनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरिएको छ भने स्त्री तथा प्रसुति रोग, दन्त रोग, बाल रोग, ट्रान्सप्लान्स फिजिसिएन लगायतका पदहरुमा दरखास्त आव्हान गरिएको छ ।
कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति थप गन गरिएको निर्णयानुसार चिकित्सकहरु माग गरिएको बताईको उक्त सूचनमा योग्यता पुगेका चिकित्सकहरुले इमेल मार्फत आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सक्नेछन् । दरखास्त दिने अन्तिम दिन फागुन ११ गते रहेको छ । कलेजले दरखास्त दिएका मध्येबाट सर्ट लिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस