‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना हुने

काठमाडौं, ४ फागुन / ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गरिने भएको छ । खोटाङ जिल्लाको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिकाले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी –२०८०’ को आयोजना गर्न लागेको हो ।

दिक्तेलरुपाकोटमझुवागढी नगरपालिकाले ‘नगरको शान, दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्न लागिएको नगरप्रमूख तीर्थराज भट्टराईले जानकारी दिएका छन् । प्रदर्शनी काठमाडौंस्थित नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहलमा यही फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने बताईएको छ ।

Advertisement:

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्घाटन गरिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ को प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका १ सय ७० भन्दा बढी चित्रहरु राखिनेछन् । जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत खोटाङ जिल्लाका समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने आयोजक पक्षको विश्वास रहेको छ ।

गत असोज १७ देखि २१ गते १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराई स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि १ सय ९ वटा जीवन्त चित्रहरु (लाइभ) समेत कोरिएको थियो ।

उक्त प्रदर्शनीको अवसरमा राई, नेवार, गुरुङ, क्षेत्री बाहुनलगायत जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने नगरप्रमुख भट्टराईले बताए । प्रदर्शनीको अवधिमा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका सम्मानित नेताहरु, कुटनीतिक नियोगका अधिकारीहरु, उद्योगी–व्यवसायी, लेखक लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने कार्यतालिका समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application