पर्यटनको अवस्था, चुनौति र सम्भावना विषयमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं, ३ फागुन / नेपालमा पर्यटनको अवस्था, चुनौति र सम्भावनाको विषयमा नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । पार्टीको पर्यटन प्रबद्र्धन तथा नागरिक उड्डयन विभागले सो राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।
राजधानीमा आज विभागका प्रमूख पूर्व पर्यटनमन्त्री भीम आचार्यको सभापतित्वमा आयोजित उक्त कार्यक्रमलाई प्रमूख अतिथि नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै पर्यटन विषयबारे प्रस्तुत गरिएका कार्यपत्र र प्रस्तुत कार्यपत्रहरुमाथी गरिएको छलफलमा उठाईएका विचारहरुले पर्यटनसम्बन्धी महत्वपूर्ण सोच र नीति निर्माण गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
अध्यक्ष ओलीले पार्टीको पर्यटन प्रबद्र्धन एवं नागरिक उड्डयन विभागमार्फत पर्यटनसम्बन्धी नीति र कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै अगाडि भने ‘पर्यटनका सम्भावना त धेरै छन्, तर त्यो सम्भावनालाई साकार पार्न निकै नै कठिन छ । पहिलो कुरा त, यो सम्भावनालाई साकार पार्न कस्तो कदम चाल्नु पर्ने हो र चाल्दै जानु पर्ने हो ? यस विषयसम्बद्ध सबैको ध्यान जानु पर्छ ।’
उनले नेपालको यातायात भाडादर महङ्गो भएको विषयमा चर्चा गरे । पूर्व प्रधानमन्त्री ओलीले नेपालमा पर्यटकको संख्या भित्र्याउन सकिने क्षमताको विययमा समेत चर्चा गरे । एमाले अध्यक्ष ओलीले नेपालीलाई विदेश पठाउने र विदेशमा रहेका नेपालीलाई नेपाल ल्याउन मात्रै हवाईं यातायात बढी प्रयोग भएको विषयमा तितो अनुभव ब्यक्त गरे । आफू सरकारमा रहदा केही नमूना उडान शुरु गरेको उदाहरणसमेत प्रस्तुत गर्दै अध्यक्ष ओलाीले थपे, ‘हामीले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त बनायौं तर चलाएका छैनौं । त्यो चलाउनु नपर्ने कारण म देख्दिन । नचलाउन कसैले पनि भनेको छैन । चलाउदा रिसाउलान् की भन्ने अनुमान छ ।’ उनले देशका लागि दीर्घकालीन् लाभ प्राप्त हुने निर्णय गर्न साहस गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा विशिष्ठ अतिथि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपा एमाले पर्यटन प्रबद्र्धन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको यो कार्यक्रम महत्वपूर्ण भएको धारणा ब्यक्त गरे । उनले कार्यक्रमा प्रस्तुत भएका पर्यटनको अवस्था, चुनौति र सम्भावनाको विषयमा विज्ञहरुद्वारा प्रस्तुत गरिएका कार्यपत्रहरुको प्रभावकारिताका बारेमा पनि बोेलेका थिए ।
पर्यटनविद् डा. अलकबाबु प्रसाई (डा.आलोक) द्वारा नेपालको समग्र पर्यटनको अवस्था र सम्भावनाको विषयमा कार्यपत्र र नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सञ्जीव गौतमद्वारा नेपालको हवाई सेवाको विषयमा प्रस्तुत गरिएको कार्यपत्रमाथी कार्यक्रमका अतिथिहरुले चर्चा गरेका थिए । ती दुवै कार्यपत्रहरुमाथि विजय नेपाल, तेजबहादुर ढकाल, लङ्कबहादुर शाही र सृजना शर्माले टिपोट गरेका थिए । ।
अतिथिका रुपमा विभिन्न पर्यटन व्यवसायी संघ संस्थाबाट प्रतिनिधित्व गरेका सहभागी होटल संघका महासचिव साजन शाक्य, नाट्टाको महासचिव कुमारमणी थपलिया, साट्टो नेपालका अध्यक्ष भूवन पाण्डे, होमस्टे महासंघ नेपालका महासचिव कृष्ण चौधरी, टानका तर्फबाट उपाध्यक्ष कृष्ण दाहालले बोलेका थिए भने विज्ञहरुको तर्फबाट डा. सोमप्रसाद खतिवडा, डा.भरत बराल, डा.मदन रिमाल, डा. पशुपति न्यौपाने, नेपाल एयरलाईन्सका पूर्व महाप्रबन्धक सुगतरत्न कंशाकार, क्याप्टेन के.बी. लिम्बु र क्याप्टेन के.बी. पौडेलले आ–आफ्नो धारणा राखेका थिए । त्यस्तै होटल मजदूरको तर्फबाट बद्री भण्डारी, रिटर्नी फेडरेशनका तर्फबाट उपाध्यक्ष, कर्णालीका डा. कवीराज पोखरेललगायतले उक्त गोष्ठीमा सुझाव सहितको मन्तव्य ब्यक्त गरेका थिए ।
अधिबक्ता घनेन्द्र श्रेष्ठद्वारा सञ्चालन गरिएको ‘नेपालमा पर्यटनको अवस्था, चुनौति र सम्भावना’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा देशभरिबाट झण्डै ३ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमा सहभागीहरुले राजनीतिक दलहरुमध्ये नेकपा एमालेले आज आयोजना गरेको यो कार्यक्रम उत्कृष्ट भएको प्रतिकृया जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस