स्वरोजगारीमा जति पनि खट्न सकिने अमेरिकामा रहेका नेपाली युवाको अनुभव
अमेरिका, ३ फागुन / अरुले दिएको जागीरमाभन्दा स्वरोजगारीमा जति पनि खट्न सकिने अमेरिकामा रहेका नेपाली युवा व्यवसायीहरुले अनुभव गरेका छन् । अमेरिकाको ठूलै सवारी कम्पनी टेस्लामा काम गर्दा गर्दै छोडेर आवास व्यवसाय सञ्चालन गर्न पुगेका विबेक बन्जाडेले यस्तो अनुभव गरेका हुन् ।
नेपालमा घरजग्गा खरिद बिक्री व्यवसाय गर्दै बुबाको व्यवसायबाट प्रेरित भएर अमेरिका पुगेपछि विभिन्न व्यावसायिक प्रतिष्ठानहरुमा काम गर्दै विगत ४ वर्षदेखि घरजग्गा खरिद बिक्री एवं लगानीकर्ताका रुपमा काम गर्न शुरु गरेका विबेक बन्जाडे घरजग्गा कारोबारलाई आफ्नो स्थायी व्यवसाय बनाउने हो भने आफूसँग ग्राहक रिझाउने खुबी हुनु पर्ने मान्यता राख्छन् ।
अमेरिकामा पुगेपछि सुपरभाईजरको रुपमा टेस्ला सवारी कम्पनीमा जागीरका रुपमा काम गरेका उनी स्वरोजगार बन्ने प्रयत्न गर्दै आफ्नै लगानीमा घरजग्गा व्यवसाय सञ्चालन गर्न पुगेको बताउँछन् । स्वरोजगारीमा आफू जति समय खटिन पर्दा पनि थकानको महशुस नहुने भएकाले जति समय पनि आफ्नो कामलाई दिन सकिने उनको अनुभव रहेको छ । नेपालबाट विदेशमा आएर बसोबास गर्दै आएका समुदायलाई आफूसँगै अगाडि बढाउने सोच लिएर उनी यो व्यवसायमा प्रवेश गरेको जनाउँछन् ।
टेस्ला कम्पनीमा काम गर्दा विदेशी कारिन्दाहरुसँग समेत राम्रो सम्पर्क स्थापित भएकोले नेपाली उपभोक्ताका अलावा विदेशी सेवाग्राहीहरु पनि उनले दिने सेवाप्रति आकर्षित हुदै आएका अमेरिकाको क्यालिफोर्नियामा रहेका घरजग्गा व्यवसायी बन्जाडेको भनाई छ । उनी भन्छन् ‘म विशेष गरी पहिलो पल्ट घर खरिदकर्ताहरुसँगै आवास व्यवसायमा लगानी गर्न इच्छुक ब्यक्तिहरुसँग पनि मिलेर काम गर्दै आएको छु । त्यसैले आवास व्यवसायमा केहि फरक सुविधा दिएर मैले अमेरिकामा यो व्यवसाय सञ्चालन गर्दै आईरहेको छु ।’
कुनै पनि व्यवसाय सञ्चालन गर्ने ब्यक्तिले आफू इमान्दार भएको प्रमाणित नगरी व्यसाय सफलतातिर लैजान नसकिने युवा व्यवसायी बन्जाडेको ठम्याई छ । आफ्नो विद्यालय, कलेज र अन्य विभिन्न माध्यमबाट जोडिएका समुदाय यदि आफूले सञ्चालन गर्दै आएको सेवाको आवश्यकता महशुस गरिरहेका बुझिएमा उनीहरुलाई भरोषाका साथ उनिहरुको आवश्यकता र क्षमता अनुसारको सेवा उपलब्ध गराउन सक्नु पर्ने व्यवसायी बञ्जाडेको मान्यता रहेको छ ।
अमेरिका जस्तो ठूलो र सम्पन्न मुलुकमा आफूसँग कुनै घर किन्ने तयारी छ र आफूले खोजेजस्तै सेवाप्रदायक कसरी पाउन सकिन्छ ? भन्ने जिज्ञाषामा उनी भन्छन् ‘अमेरिका जस्तो ठूलो र सम्पन्न मुलुकमा आफूसँग कुनै घर किन्ने तयारी गर्नु भएका सेवाग्राहीहरुले सबभन्दा पहिला त आवास खरिद विक्रीसम्बन्धी अमेरिकामा प्रयोगमा रहेको विधी र प्रकृयालाई राम्रोसँग बुझ्नु पर्छ । त्यसपछि भरपर्दो सेवा प्रदायकहरु खोज्न सकिन्छ । यसमा आफ्ना निकटका ब्यक्तिहरुको समयोग लिन सकिन्छ । तर सकेसम्म विश्वासिलो र भर पर्दो घरजग्गा व्यवसायी नभेटी जो पायो त्यहिसँग आवास खरिद गर्दा विभिन्न प्रकारा झण्झट र अप्ठेरो परिस्थिति भोग्नु पर्ने हुन सक्छ । यसबाट सचेत हुन जरुरी छ ।’
अमेरिकामा आवास व्यवसायी उल्लेखनीय मात्रामा देखा परिरहेको र अस्वस्थ प्रतिष्पर्धा हुदा उपभोक्ताहरु अल्मल्नि सक्ने अवस्था आएको भन्दै युवा व्यवसायी विवेक बन्जाडे भन्छन् ‘सेवाप्रदायकहरुको अहिलेसम्मको कामको प्रभावकारिता के कस्तो छ ? त्यसलाई हेरेर मात्रै विश्वास गर्न आम उपभोक्ताहरुलाई म आग्रह गर्छु । घर भन्ने कुरा सधै किनिरहने सम्पदा होइन, त्यसैले बजारमा देखिएको अस्वस्थ प्रतिष्पर्धालाई मूल्याङ्कन गर्न सक्ने क्षमता खरिदकर्ताले राख्नु पर्छ ।’
सेवाप्रदायकहरुले दिने गुणस्तरीय र भरपर्दो आवासको अवस्था बुझ्न विभिन्न तरिका अपनाउन पर्ने र सेवाप्रदायकहरुले पनि आफ्नो व्यवसायबाट अनुचित लाभ लिने गरी बजारमा भ्रम सृजना गर्न नुहुनेमा आवास व्यवसायी विबेक बन्जाडेले जोड दिदैआएका छन् ।
वैदेशिक शिक्षा आर्जनका लागि अमेरिका पुगेका नेपाली विद्यार्थीहरु आफ्नो क्षमता प्रदर्शन गरेर अमेरिकामा नै स्थायी बसोबास गर्न चाहन्छन् । यसका लागि कमजोर मनोबल लिएर नहुने मान्यता राख्छन् विद्यार्थी भिसामा नै अमेरिका पुगेका विबेक बन्जाडे । सन २०१५ अमेरिका पुगेका नेपाली विद्यार्थी बन्जाडे त्यहिँको अध्ययन गर्दै अमेरिकामा नै स्थापित व्यवसायका लागि घर जग्गा खरिद बिक्री तथा घरजग्गामा नै लगानी गर्न एउटा मध्यस्तकर्ताको मूमिकालाई आफ्नो व्यवसाय सफल बनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस


