इण्डोनेसियामा आज संसदीय र स्थानीय निर्वाचन

indonasia_election

तातोखबर / इण्डोनेसियामा आज संसदीय र स्थानीय निर्वाचन भइरहेको छ। इण्डोनेसियामा २७ करोड जनतामध्ये २० करोड ४० लाखभन्दा बढीले मतदान गरिरहेका छन्।

मतदाताले नयाँ राष्ट्रपति र उपराष्ट्रपति मात्र नभई संसदीय र स्थानीय प्रतिनिधिसमेत चयन गर्नेछन्। प्रारम्भिक नतिजा बुधबार साँझ आउने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement:indonasia_election

यसपटक राष्ट्रपतिको दौडमा रहेका चार उम्मेदवार चर्चामा छन् । जसमा पूर्व जनरल प्राबोवो सुब्यान्टो, निवर्तमान राष्ट्रपति जोको विडोडोका ३६ वर्षीय छोरा जिब्रान राकाबुमिङ राका, यस्तै पूर्व शिक्षामन्त्री तथा जकार्ताका गभर्नर एनीस वास्वेदन र सेन्ट्रल जाभाका पूर्व गभर्नर गन्जर प्रनोवो पनि छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application