वैदेशिक रोजगारीमा रहेका युवाको योगदानले देशको अर्थतन्त्र धानेको दाबी

काठमाडौं, १ फागुन / वैदेशिक रोजगारमा रहेका र वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको योगदानले नेपालको अर्थतन्त्र धानेको एक युवा व्यवसायीले दावी गरेका छन् । आमसञ्चारकर्मीहरुसँग कुरा गर्दै दुग्ध जन्य पदार्थको व्यवसाय गर्दै आएका युवा व्यवसायी धु्रब तिवारीले यस्तो दावी गरेका हुन् ।

नेपाल डेरी एसोशिएसन बागमती प्रदेश समितिका उपाध्यक्ष समेत रहेका खुशी दुध डेरी सञ्चालक ध्रुव तिवारीले पछिल्लो समयमा दुध तथा दुग्धजन्य पदार्थको उत्पादनमा नेपाल आत्मनिर्भरता नजिक पुग्नै लागेको जानकारी दिए । वैदेशिक रोजगारमा रहदा वैदेशिक मुद्रा आर्जनबाट देशलाई टेवा पुर्याएका युवाहरु वैदेशिक रोजगारबाट सिकेको सीप र श्रम गर्ने अभ्यासलाई नेपालमा फकिएपछि पनि व्यावसायिक रुपमा प्रयोग गर्दै देशको अर्थतन्त्र उकास्ने अभियानमा जुटेको पनि व्यवसायी तिवारी बताउँछन् ।

Advertisement:

असल शासन, कोक्याप तथा काठमाडौं जेसिज जस्ता सामाजिक संघ–संस्थाहरुमा रहेर सक्रीय समाजसेवीको भूमिकामा देखा पर्दै आएका उनले जापान, थाईल्याण्ड, इण्डियालगायत मध्यपूर्वका केही देशहरुको भ्रमण गरेर ती मुलुकका सरकारले व्यवसायीहरुलाई दिदै आएको सुविधा र अवसरका साथै यससम्बन्धी नीति नियमलाई नेपाल सरकारले पनि पछ्याउनु पर्नेमा जोड दिदै आएका छन् । तिवारीले डेरी जन्य पदार्थहरुको उत्पादन र बजारीकरणका विषयमा विदेशमा अवलोकन तथा अध्ययन गरेर नेपालमा पनि त्यस्तै किसिमको नीति तथा कानूनको आवश्यकता देखेको बताए ।

काठमाडौंको तारकेश्वरमा खुशी नामक दुध डेरी सञ्चालन गर्दै आएका दुध व्यवसायी धु्रब तिवारी नेपालमा डेरी उद्योगले खुट्टा टेक्ने तरखर गरिरहेको बेला सरकारले टेवा दिनु पर्नेमा जोड दिदै भन्छन् ‘उत्पादनपछि द्रुत उपभोग हुनु पर्ने कृषि उपजको प्रशोधन, भण्डारण र वितरण प्रकृयामा सरकारले गर्ने खेलाबाडले कृषकहरुमाथी नै थिचोमिचो हुने गरेको छ । उत्पादन क्षेत्रमा लागेका नेपालका कृषकहरुलाई बचाउनभन्दा पनि मार पार्ने किसिमको नीति सरकारले विभिन्न बहानामा अपनाउदै आएको कृषक तथा व्यवसायीहरुले महशुस गरिरहेका छन् । यस्तो अवस्था रहिरह्यो भने देश सबै कुरामा पछाडि पर्न सक्छ ।’

नेपालमा रहेको अस्थिर राजनैतिक विकृतिका कारणले देशबाट युवाशक्ति पलायन हुदै गईरहेको र कृषकहरु पनि कृषि पेशाबाट विस्थापित हुने अवस्था आएकोमा निकै नै चिन्तित देखिएका व्यवसायी तिवारी विदेशमा श्रमको अभ्यास, सीप र जाँगर लिएर नेपाल फर्किएका युवाहरुबाट देशलाई ठूलो टेवा पुगेकोमा त्यस्ता युवाहरुलाई राज्यले उच्च सम्मान दिनु पर्नेमा जोड दिदै आएका छन् । आफू हुर्किएको परिवार कृषिमा आश्रित रहेका र कृषिकर्मको मर्म राम्रोसँग बुझेको कारण यसैको बजारीकरणमा लागेका तिवारी नेपालको कृषक बचाउने विकल्पमा पनि तल्लिन देखिन्छन् ।

माध्यमिक तहको अध्ययन गर्दासम्म आफ्नो परिवारले गाईवस्तु पालन गरी उत्पादन गरिएको दुध र दुग्धजन्य पदार्थको बिक्रीबाट पारिवारिका खर्च चलाउने गरेको अनुभवले आफ्नो उच्च शिक्षाका लागि राजधानी आएर दुग्धजन्य पदार्थको व्यवपारलाई अगाडि बढाउँदै पछिल्लो समयमा एउटा सफल डेरी ब्यवसायीको परिचय बनाउन सफल ध्रुव तिवारी दुग्धजन्य उत्पादनको प्रशोधन, प्रविधि, उपकरण्या र सुरक्षित भण्डारणमा दक्षता राख्छन् । दुग्धजन्य पदार्थको बजारमा देखिईने प्रतिष्पर्धा चुनौतिपूर्ण हुने भएपनि चुनौतिको पछाडि सुन्दर अवसर हुन्छ भन्ने ठान्दै आएका छन् । उनी यहि उद्योगमा रोजगारको ठूलो सम्पभावना रहेको देख्छन् ।

बिक्रम सम्बत् २०६६ सालदेखि निरन्तर दुध व्यवसायमा सक्रीय रहेका दुध व्यवसायी तिवारी दुधको प्याकेट नबनाई उपभोक्ताहरुको मागको आधारमा खुल्ला दुध बिक्री वितरण प्रणालीलाई व्यावहारिक बनाउन पनि सक्रीय रहेका छन् । २०६१ साल असारदेखि साझेदारीमा नुवाकोटको रानीपौवामा दुग्ध चिस्यान प्रविधिसहित नुवाकोट दुध डेरी नामक दुग्ध सङ्कलन केन्द्र सञ्चालनमा ल्याएपछि कृषकहरुबाट सङ्कलित दुधको काठमाडौंका विभिन्न स्थानबाट वितरण कार्य सञ्चालन गर्दै आफ्नो निजी दुध डेरीसमेत चलाउन पुगेपछि उनी व्यावसायिकक रुपमा दुग्ध उद्योगमा उदाएका हुन् ।

खुल्ला रुपमा दुग्ध नापेर वितरण गर्न थालेपछि उपभोक्ताहरुले दुधलगायतका दुग्धजन्य अन्य उत्पादनहरु पनि उपलब्ध हुने भएपछि नेपाल दुग्ध विकास संस्थानलगायत अन्य निजी दुग्ध उद्योगहरुले हरेक दिन विहान सञ्चालन गर्ने शहर बजारका चोक तथा गल्लीहरुका दुग्ध वितरण बुथहरुमा पहिले जस्तो उपभोक्ताहरुको लहर कमै देख्न सकिने अवस्था आएको भन्दै कृषकहरुद्वारा उत्पादित दुध तथा दुधका अन्य उत्पादनको बजार नयाँ स्वरुपमा स्थापित हुन लागेको उनको ठम्यार्ई छ ।

विक्रम सम्बत २०४४ साल फाल्गुण १२ गते बुबा कृष्णप्रसाद तिवारी र आमा ठट्टकुमारी तिवारीका सुपुत्रको रुपमा नुवाकोट जिल्लाको बेलकोटगढी वडा नं. ११ अमारेमा जन्मिएका धु्रब तिवारी दुग्धजन्य पदार्थ व्यवसायी र व्यवसायीहरुको छाता संगठन नेपाल डेरी एसोशियसन बागमती प्रदेशको उपाध्यक्षको जिम्मेवारी वहन गर्दै आईरहेका छन् । उनले दिएको योगदानको कदरस्वरुप विभिन्न संघ संस्थाहरुबाट सम्मानित हुने अवसर समेत पाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application