जिबि राई सहित फरार अभियुक्तहरु प्रहरीले स्वदेश ल्याउँदै

तातोखबर, काठमाडौँ / नेपाल प्रहरीले प्रहरीको अन्तर्देशीय संगठन (ईन्टरपोल) मार्फत ५२ फरार अभियुक्तहरुलाई नेपाल प्रहरीले स्वदेश ल्याईसकेको छ । जसमध्ये सबैभन्दा धेरै संयुक्त अरब ईमिरेटस्बाट १९ जना, कतारबाट ९ जना, भारत, साउदी अरब र कुबेतबाट तीन/ तीन जना, मकाउ, मलेशिया र चीनबाट दुई/दुई जनालाई प्रहरीले नेपाल ल्याईसकेको छ । थाईल्याण्ड, क्यानडा, अमेरिका, पोर्चुगल र बहराईनबाट प्रहरीले एक /एक जनालाई नेपाल ल्याईसकेको हो ।
प्रहरीले स्वदेशभित्र अपराध वा आपराधिक गतिविधि गरेर विदेशी भूमिमा लुकिरहेकाहरुलाई पक्रेर ल्याई थप कानूनी कार्वाहीको प्रक्रिया अगाडी बढाउन ईन्टरपोलको सहयोग लिने गर्छ । प्रहरी प्रधान कार्यलयका अनुसार फरार अभियुक्तहरु पक्रेर ल्याउन प्रहरीले रेड नोटिस र डिफ्युजन नोटिसहरु जारी भइरहेको छ ।
प्रहरीले हाल ५१ नेपाली र ४ विदेशी सहित ५५ जना माथी रेड नोटिस जारी गरेको छ । जसमा ९ जना ठगी अपराधका छन् भने ७ जना मानव तस्करी अपराधका छन् । त्यस्तै बलत्कार सम्बन्धी घटनामा ७ जना रहेका छन् ।
प्रहरीले ईन्टरपोलको सहयोगमा फरार अभियुक्तहरुलाई नेपाल ल्याउने खबर आएसँगै फरार रहेका ग्यालेक्सी फोरके टिभीका सञ्चालक जिबि राई सहित अन्य अभियुक्तहरु प्रहरीले स्वदेश ल्याउँदै भनेर विभिन्न सामाजिक सञ्जालमा लेख्न सुरु भएको छ । त्यसको आधिकारीक पुष्टि भने भैसकेको छैन ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस