किक बक्सिङमा नेपाललाई १ स्वर्ण र ३ कांस्य



boxing-nepali-teem

काठमाडौं / भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ कांस्यसहित ४ boxing-nepali-teem जितेको छ । फेब्रुअरी ६ देखि ११ तारिखसम्म चलेको प्रतियोगितामा पुरुष ६० केजीमा पुकार श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले कांस्य पदक दिलाए ।

४ जना खेलाडिले नै पदक जित्न सक्नु देशका लागि गर्वको कुराको भएको प्रशिक्षक दिवान्स श्रेष्ठले बताएका छन् । प्रशिक्षक श्रेष्ठ थाइल्यान्डको बैङ्क्कमा १ वर्ष केवान कोच ट्रेनिङबाट फर्केलगत्तै राष्ट्रिय टोली समालेका थिए ।

व्यवस्थापक सिमोन उप्रेती र निर्णायक विन्दा नेपाली  सहितको किक बक्सिङ् टोली भोलि स्वदेश फर्किंदै छ । यसअघि ७ सदस्यीय नेपाली टोली गत मंगलबार भारतको नयाँ दिल्ली गएको थियो।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको