किक बक्सिङमा नेपाललाई १ स्वर्ण र ३ कांस्य

काठमाडौं / भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ कांस्यसहित ४ boxing-nepali-teem जितेको छ । फेब्रुअरी ६ देखि ११ तारिखसम्म चलेको प्रतियोगितामा पुरुष ६० केजीमा पुकार श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।
जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले कांस्य पदक दिलाए ।
४ जना खेलाडिले नै पदक जित्न सक्नु देशका लागि गर्वको कुराको भएको प्रशिक्षक दिवान्स श्रेष्ठले बताएका छन् । प्रशिक्षक श्रेष्ठ थाइल्यान्डको बैङ्क्कमा १ वर्ष केवान कोच ट्रेनिङबाट फर्केलगत्तै राष्ट्रिय टोली समालेका थिए ।
व्यवस्थापक सिमोन उप्रेती र निर्णायक विन्दा नेपाली सहितको किक बक्सिङ् टोली भोलि स्वदेश फर्किंदै छ । यसअघि ७ सदस्यीय नेपाली टोली गत मंगलबार भारतको नयाँ दिल्ली गएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस