कोशी र गण्डकी प्रदेशमा आज हिमपात

तातोखबर, मौसम / देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम साधारणतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
विभागले राति पहाडी भूभागमा साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबारदेखि/ भने पश्चिमी वायु केही सक्रिय हुने भएको छ। यसका कारण बुधबार बागमतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस