ल्होछारको अवसरमा चौकीटोलमा विविध कार्यक्रम

मकवानपुर – मन्जुश्री सम्वत २८६० औं डुक मु ल्होछारको अवसरमा हेटौंडा–१ चौकीटोलमा विभिन्न कार्यक्रम भएको छ । तामाङ गुठीको आयोजना तथा वडा बाल संजालको समन्वयमा सुभकामना आदानप्रदान, नृत्य प्रतियोगिता, सांगितिक कार्यक्रम तथा बिंगो भएको हो ।

मौलिक नृत्य प्रतियोगितामा नौ वटा बाल समूहको सहभागिता रहेको थियो । जसमा बाराही बाल समूह लालझाडी प्रथम, बिन्दबासिनी बाल समूह द्वितीय र अमर बाल समूह तृतीय भएक थिए । त्यस्तै कालिका आधारभूत विद्यालय र बज्रज्ञान आधारभूत विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरे । विजेतालाई क्रमशः १० हजार ,५ हजार, ३ हजार र १ हजार पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

Advertisement:

सांस्कृतिक तर्फ फुल फिंगर ब्याण्ड, द एलेभेन सिक्स ब्याण्ड सामरी र सिक्स स्टिङ्ग ब्याण्ड ले प्रस्तुति दिएका थिए । स्थानीय कलाकार रिसब फागो र रबिन रौनियारले ब्यान्ड संग मिलेर आफ्नो प्रस्तुति दिएका थिए । बिंगो तर्फ मुना लामा र सरोज साहले फुल हाउस २५ हजार पुरस्कार प्राप्त गरेका थिए ।,

करिब २ हजार दर्शकहरुको उपस्थिति रहेको कार्यालयको संयोजक तथा सन्चालक संग्राम बल लामा रहेका थिए । हेटौं८ा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा नेता धरम लामा, वडाका जनप्रतिनिधहरु, स्थानिय पार्टी प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application