भान्छा कला नेपालको गाउँ वस्तीसम्म पुर्याउन आग्रह गर्दै ‘भान्छे’ भण्डारी

काठमाडौं, २८ माघ / नेपालको पर्यटकीय सुन्दरतासँगै खानपानलाई पनि पर्यटकीय ढाँचामा विश्वभर फिजाउन परम्परागत भान्छाकलालाई आधुनिक रुपमा गाउँ वस्तीमा पुर्याउन एक जना भान्छा अर्थात् कलाकारले आग्रह गरेका छन् । भान्छाकलाकार लक्ष्मणप्रसाद भण्डारीले आमसञ्चारमार्फत यस्तो आग्रह गरेका हुन् ।

तातोखबरसँग कुरा गर्दै भान्छाकलाकार लक्ष्मणप्रसाद भण्डारीले नेपाली मौलिक खानाका परिकारहरुलाई कलात्मक तरिकाले उपभोक्तासम्म पु¥याएर नेपालको थप पर्यटकीय आकर्षणको विकास गर्न सरकार र आमसरोकारवाला निकायलाई आग्रह गरे । उनले गएको १ दशकदेखि नेपाली खानालाई बहुरुपमा पकाएर अतिथिहरुलाई सत्कार गर्न सकिने विषयमा प्रशिक्षण समेत दिदै आएका छन् ।

Advertisement:

भाञ्छाकलामा भविष्य खोज्ने नयाँ युवा पीँढिले आधुनिक प्रविधि र शिक्षाको सहयोग लिदै छिटो सीप आर्जन गर्न सक्लान् ? भन्ने जिज्ञाषामा उनी भन्छन्, ‘अहिले हाम्रो पालामा जस्तो भाञ्छाकला तथा पर्यटन व्यवसाय सञ्चालन गर्न सङ्घर्ष गर्नु पर्ने अवस्था छैन । किनभने सीप सिकाउने अनगिन्ती प्रशिक्षक र सूचना तथा सञ्चार प्रविधिको विकास भईसकेको छ । विभिन्न प्रकारका होटल व्यवस्थापन तथा पर्यटन तालीम केन्द्र धमाधम सञ्चालन हुदै आईरहेका छन् । भाञ्छाकला सिक्न यससम्बन्धी तीब्र अभिरुची भएका ब्यक्तिहरुले थोरै जानकारी दिदा पनि स्वअभ्यास गर्न तयार हुन सक्छन् । त्यसैले लगाव र झुकाव राम्रो भएका ब्यक्तिलाई अब पहिला जस्तो कठोर सङ्र्ष गर्नु पर्ने म देख्दिन ।’

विभिन्न आमसञ्चार माध्यमहरुमा पाककलासम्बन्धी ज्ञानवद्र्धक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका ‘भान्छे’ भण्डारी सामाजिक सञ्जालहरुमार्फत पनि पाककलालाई बहुआयामिक पक्षका बारेमा सञ्चार गर्दै आईरहेका छन् । पाककलाकारितालाई आमनेपाली चुल्हो चौकाहरुसम्म पु¥याउन आफूले निकै नै जोड बल लगाउदै आएपछि पछिल्लो समयमा तालिममार्फत पनि आफ्नो अभियानले सार्थकता पाउन थालेको उनीले महशुस गरेका छन् ।

पाककर्मीका रुपमा काम गर्ने जोकोहीले कहिल्यै भोकै बस्नु नपर्ने र विश्वका विभिन्न प्रकारका अवलोकन भ्रमण गर्ने अवसर प्राप्त हुने पनि उनी दावी गर्छन् । पछिल्लो समयमा उद्योगको आकार र क्षमताले ठूला मानिएका अन्य उद्योग जस्तै आतिथ्यता सत्कार व्यवासय एवं पेशा पनि अगाडि बढेको भाञ्छे लक्ष्मणप्रसाद भण्डारी प्रष्ट पार्छन् । वर्तमान अवस्थामा भाञ्छाकर्मीहरु प्रतिष्ठित ब्यक्तित्वको सम्मान पाउन पनि थालेको उनी बताउँछन् ।

कुनैपनि भाञ्छाको कार्यकर्ताले यदि उपभोक्ताको स्वास्थ्यलाई ख्याल नगरी पाककार्य जारी राख्ने हो भने यसले रोगको शिकार बनाउने र धेरै जसो रोगहरु मानिसको खानपानबाटै शुरु हुने भएकोले भाञ्छासम्बन्धी सर्वमान्य भनाई ‘आजको भाञ्छे भोलीको डाक्टर’ नारालाई सधै पालना गर्न उनी भाञ्छाकर्मीहरुलाई आग्रह गर्छन् । भारत र अन्य केहि देशका पर्यटकीय क्षेत्रमा सञ्चालित आतिथ्यता सत्कार सेवा प्रदायक प्रतिष्ठानहरुमा भाञ्छाको काम गरेर अनुभव एवं अभ्यास हासिल गरेका भण्डारी नेपालमा अब यसको सम्भावना बढेर गएको दृष्टिकोण राख्छन् । मानिसले शरीर र मन जहिले पनि स्वस्थ राख्न पर्ने मान्यताले आध्यात्मिक चिन्तनलाई पछ्याउदै ओशोको ध्यान समेत ग्रहण गरेका उनले नेपालमा कुनैबेला पाँचतारे होटलको भाञ्छा समेत सम्हालेका छन् ।

नाईजेरिया, सिंगापुरलगायतका देशहरुमा समेत भाञ्छे भएर विगत ३८ वर्षदेखि पाककलाकारिता गर्दै आएका भान्छाकलाकार भण्डारी भन्छन्, ‘मैले विश्वका अनेक प्रकारका पाककलालाई राम्ररी नियाल्ने अवसर पाएको छु, एउटै खाद्य उत्पादनबाट अनेक ढाँचामा पकाएर वा खानाको स्वरुप देखाएर बेग्लै नाम दिदै सेवाग्राहीलाई सन्तुष्ट पारिदै आएकोमा नेपालमा रहेको मौलिक खानपानलाई पाककलाको माध्यमबाट विश्वभर लोकप्रिय बनाउन सकिने सम्भावना देखिन्छ ।’

कुनैबेला सिंगापुरमा आफ्नै लगानीमा आतिथ्यता सेवा व्यवसाय सञ्चालन गरेका उनी विदेशमा लगानी गर्नुभन्दा आफ्नै देशमा लगानी बढाएर देशको अर्थतन्त्रमा योगदान पुर्याउनु उपयुक्त ठानी नेपालमा त्यस्तै व्यवसाय समेत सञ्चालन गरेको अनुसभव सुनाउँछन् । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ७ नम्बर वडा रुपाकोटमा विक्रम सम्बत २०२७ साल मंसिर २७ गते जन्मिएका पाककलाकार लक्ष्मणप्रसाद भण्डारी नेपालको दुरदराजमा पाईने खाद्य पदार्थहरुको विविधता नेपालको पर्यटन विकासकै मेरुदण्ड बन्न सक्ने दावी गर्छन् । आफू हुर्किएको समुदायमा परम्परादेख खाईदै आएका खाद्य परिकारहरु मौलिक र स्वादले भरीपूर्ण हुदाँ हुदै पनि यसलाई आधुनिक रुपमा सुधार गरेर पाहुना सत्कारको माध्यम बनाउन अब आफू दिलोज्यान दिएर लागी पर्दै यसको अनुसन्धानसमेत गरिरहेको बताउँछन् ।

आफ्ना अभिभावक रोजगारका शिलशिलामा भारतमा बसोबास गर्दै आएकोले आफ्नो बाल्यकाल भारतमा नै बिताएका र पछि आमासँगै नेपाल फर्किएर प्राथमिक तहदेखि गाउँकै विद्यालयमा अध्ययन गरेका भान्छाकलाकार भण्डारी ‘भान्छे’ उपनामले समेत चिनिदै आएका छन् । उनी भाञ्छा प्रशिक्षक भएर विभिन्न तालिममा सहभागी हुनेक्रममा अधिकांशले आफूलाई ‘भान्छे’ भनेर सम्बोधन गर्ने गरेकोले आफ्नो थप परिचयमा ‘भान्छे’ जोड्न पुगेको प्रष्ट पार्छन् । माध्यमिक तहको अध्ययन गर्ने क्रममा तत्कालीन् राज्य व्यवस्थाको विरुद्ध भएका भूमिगत आन्दोलनहरुमा आफ्ना निकटका आन्दोलनकारीहरु सँगै मुछेर तत्कालीन् पञ्चायत सरकारको खोजी सूचीमा पारेपछि उनी आफ्नो आर्थिक भविष्य खोज्दै भान्छासँग सम्बन्धित रोजगारीमा सम्लग्न हुन पुगेको बताउँछन् ।

माध्यमिक तहको अध्ययनपछि रोजगारका लागि भारत पुगेका भान्छाकलाकार लक्ष्मणप्रसाद भण्डारीले भारतमा नेपाली कारिन्दाहरुलाई हेपेर गरिएको व्यवहार मन नपेर अर्को रोजगारको अवसर खोज्दै जाँदा आफ्न्तको सहयोगबाट आतिथ्यता सत्कार सेवा प्रदायक प्रतिष्ठानमा अवसर पाएको र भाञ्छा सहयोगीको भूमिकामा काम गर्दै होटल व्यवस्थापनसम्बन्धी ६ महिना समयावधिको तालिम लिएर एक वर्षमा नै सेफको जिम्मेवारी प्राप्त गर्न सफलता मिलेको भाञ्छाकलाकार भण्डारीको स्थायी रोजगारको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application