अर्थतन्त्रको संरचना बदल्नुपर्छ : अग्नि सापकोटा

तातोखबर, काठमाडौं / पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताएका छन्।
शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरुमा परिवर्तन गरेर र्याडिकल रिफर्मको आवश्यकता रहेको बताएका हुन्।
उनले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको बताए। चीनसँग प्रविधिका बारेमा पनि धेरै कुराहरु सिक्नुपर्ने बताए। उनले सरकारले तातोपानी, केरुङ लगायतका नाकाहरु सुचारु गर्नका लागि आवश्यक काम गरिरहेको बताए।
उनले भने, ‘हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले आर्थिक क्षेत्रमा एउटा र्याडिकल रिफर्म गर्ने भन्नुभएको छ। त्यस अर्थमा पनि यो धेरै नै महत्वपूर्ण छ। परम्परागत सबै बजेट, योजना निर्माणका ढाँचाहरु र सबै परिवर्तन गरेर एउटा र्याडिकल रिफर्म, एउटा निरन्तरतामा क्रमभंग गर्ने उहाँको जुन सोच छ, त्यो सोचलाई यो कार्यक्रमले मद्दत पुर्यायाउँछ।’
सापकोटाले कूटनीतिक कौशलबाट सीमा सम्बन्धिका सबै समस्या समाधान गर्न सकिने बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस