प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने



तातोखबर, काठमाडौं / सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा शुक्रबार बिहान बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको हो ।

बैठकले दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने जनाएको छ। बैठकले राष्ट्रियस्तरका छापालाई विशेषाङ्क/स्मारिका प्रकाशन गर्न र तिनमा एवं प्रजातन्त्रको महत्त्व उजागर गर्ने लेखरचनाको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ।

दिवसका दिन नेपाली सेनाले सैनिक मञ्च टुडिँखेलमा बिगुल बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने कार्यक्रम रहेको छ। सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित ब्यानर प्रदर्शन गरिनेछ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको