प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने

तातोखबर, काठमाडौं / सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा शुक्रबार बिहान बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको हो ।
बैठकले दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने जनाएको छ। बैठकले राष्ट्रियस्तरका छापालाई विशेषाङ्क/स्मारिका प्रकाशन गर्न र तिनमा एवं प्रजातन्त्रको महत्त्व उजागर गर्ने लेखरचनाको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ।
दिवसका दिन नेपाली सेनाले सैनिक मञ्च टुडिँखेलमा बिगुल बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने कार्यक्रम रहेको छ। सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित ब्यानर प्रदर्शन गरिनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस