मोतियाबिन्दुुका २ सय ५० बिरामीको सफल शल्यक्रिया

हेटौंडा / लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा बिभिन्न स्थानहरुमा भएको निशुल्क आँखा परीक्षण सिविरबाट पहिचान भएका २ सय ५० जना मोतियाबिन्दुका बिरामीहरु मध्ये १ सय ८ जना बिरामीहरुको सफल शल्यक्रिया पश्चात बिहीबार डिस्चार्ज भएका छन् ।
डिस्चार्ज भएका सबै बिरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले लायन्स क्लवहरुले गरेका सामाजिक कार्यहरुको प्रशंसा गरिन ।
बाँकी १ सय ४२ जना मोतियाबिन्दुका बिरामीहरुको बिहीबार शल्यक्रिया भएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादबले बताए ।
बिहीबार शल्यक्रिया भएका सबै बिरामीहरुलाई शुक्रबार डिस्चार्ज गरिने हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।
मोतियाबिन्दुको शल्यक्रिया भएपछि आँखा प्रष्ट देखिएको सिमाराकी ६९ बर्षिया सोनादेबीले बताए । आँखा उपचारकालागि अस्पताल जान सक्ने अवस्था नहँुदा घर नजिकै सिविर चलाई निशुल्क उपचार गरिदिएकोमा सिविर सञ्चालन गर्ने संस्थाहरुलाई उनेले धन्यवाद दिए ।
लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ अन्तरगत क्रियाशिल सम्पूर्ण लायन्स क्लव तथा लियो क्लवहरुको सहकार्यमा माघ २० गतेदेखि २३ गतेसम्म बिभिन्न स्थानमा भएको आँखा परीक्षण सिविरमा १ हजार ६ सय १७ जनाको आँखा परीक्षण गरिएको थियो जसमध्ये २ सय ५० जनामा मोतियाबिन्दुका बिरामीहरु पहिचान भएका थिए ।
मोतियाबिन्दुका सबै बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिएको छ ।
लायन्स क्लवको बार्षिक भिजन कार्यक्रम अन्तरगत आँखा परीक्षण सिबिर सञ्चालन गरिएको मूख्य कार्यक्रम संयोजक हरिबंश भेटवालले बताए । स्रोत र साधनको अभावमा मोतियाबिन्दुका कारण दृष्टिबिहिन भएकाहरुलाई दृष्टि प्रदान गर्नु कार्यक्रमको उद्देश्य भएको भेटवालले बताए ।
आँखा परीक्षण सिबिर मकवानपुर जिल्लाको शिखरकटेरी, पाथिभरा, बुढिचौर, राईगाउ, बागमती बारा जिल्लाको इन्नरवासिरा, हरिपुर, हल्खोरिया, हरपुर सर्लाही जिल्लाको रामनगरमा आँखा परीक्षण शिबिर सन्चालन सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस