मकवानपुरबाट गाँजासहित एकजना पक्राउ
मकवानपुर – प्रहरीले मकवानपुरबाट गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका-७ रमौली बस्ने ४५ वर्षीय जगतबहादुर प्रजा रहेका छन्। उनलाई अवैध लागुऔषध गाँजा ६४ किलोसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घरनजिक मल राख्ने खाल्डोमा लुकाइछिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

