उदिम पन्तले ल्याए ‘प्रारम्भिक संस्कृत व्याकरण’



हेटौंडा–हेटौंडाका उदिम पन्तले तयार गर्नुभएको प्रारम्भिक संस्कृत व्यापकरण किताब बुधबार हेटौंडामा विमोचन गरिएको छ । किताबघर वितरक रहेको उक्त व्याकरण किताब प्रारम्भिक चरणका विद्यार्थीदेखि माध्यमिक तहमा अध्ययन गर्ने जोकोहीलाई उपयोगी हुने लेखकको दावी छ ।
पुस्तकको विमोचन गर्दै वेदमा विद्यावारिधि गरेका अग्निहोत्री डा. सीताराम खनालले वेदको मुख भनेकै व्याकरण भएको बताए । वेदको प्रमुख अंगको रुपमा रहेको संस्कृत व्याकरणलाई सबैले बुझ्ने भाषामा प्रकाशित गरिएको भन्दै उनले कृतज्ञताका साथ बधाई ज्ञापन गरे ।
विश्वका अधिकांश भाषाको जननी नै संस्कृत भाषा भएको भन्दै डा. खनालले संस्कृत अध्ययन र ज्ञान लिनु सबैका लागि जरुरी रहेको बताए । आर्यव्रत मुलुकमा संस्कृत हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै खनालले पश्चिमा देशहरुले संस्कृतको महत्व बुझेर त्यसलाई अध्ययन अध्यापन गराइरहेको स्मरण गराए ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृत अध्येता साहित्यकार हयग्रीव आचार्यले पुस्तकमाथि आफ्ना धारणा राखेका थिए । उनले संस्कृत व्याकरण अध्ययन गरेर सबैले ज्ञान लिनु जरुरी भएको बताए ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको