सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकामा पनि रुख काट्न सूचना जारी

तातोखबर, सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नम्बर ३ ले बाँदरले दुः ख दिएपछि निजी जग्गाका रूख काट्न सूचना जारी गरेकोको छ। बाँदरले कृषि बालीनाली खाएर दुःख दिएको भन्दै वडा नम्बर ३ को वडाध्यक्ष शिव कुमार कार्कीले यस्तो सूचना जारी गरेको बताए ।
वडाध्यक्ष कार्कीले वडा नं ३ को सबै बस्तीमा बाँदर लगायत बन्य जीव जनावरले कृषि बालीनाली सखाप पारेकोले फागुन भित्रआफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गर्न आग्रह गरेका हुन्।
सबै वडाबासीहरुलाई लक्षित गरेर जारी गरेको सूचनामा भनिएको छ,‘त्रिपुरासुन्दरी गाउँपालिका वडा नं।३ को सबै बस्तीमा बाँदर लगायत बन्य जीव जनावरले कृषि बालीनाली सखाप पारेकोले आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गरि बादर लगायत जंगली जीवजनावरको बासस्थान नष्ठ गर्नु पर्ने भएकोले यहि फागुन महिना भित्र रुख काटी झाडी सुधार गर्न अनुरोध गर्दछु ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस