नेपालले आज भारतविरुद्ध खेल्दै



तातोखबर, फुटबल / बङगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको तेस्रो तथा समूहको अन्तिम खेलमा नेपालले आज भारतविरुद्ध खेल्दैछ।  ढाकाको मुस्ताफा कमल रंगशालामा खेल नेपाली समय अनुसार अपरान्ह ३ बजे सुरु हुनेछ।

यसअघि भएको दोस्रो खेलमा भुटानविरुद्ध नेपाल १–० गोल अन्तरले विजयी भएको थियो। उक्त खेलमा नेपालका तर्फबाट सेनु परियारले गोल गरेकी थिईन, उक्त एक मात्र गोल नै निर्णायक बनेको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो। एक खेलमा हार र एकमा जित निकालेको नेपाल फाइनलमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ। २ खेल खेलेको नेपालको मात्र ३ अंक छ। आजै हुने अर्को खेलमा आयोजक बंगलादेशले भुटानको सामना गर्नेछ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानले सहभागिता जनाएका छन्। सहभागी चार टोली मध्ये शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको