नेपालले आज भारतविरुद्ध खेल्दै

तातोखबर, फुटबल / बङगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपको तेस्रो तथा समूहको अन्तिम खेलमा नेपालले आज भारतविरुद्ध खेल्दैछ। ढाकाको मुस्ताफा कमल रंगशालामा खेल नेपाली समय अनुसार अपरान्ह ३ बजे सुरु हुनेछ।
यसअघि भएको दोस्रो खेलमा भुटानविरुद्ध नेपाल १–० गोल अन्तरले विजयी भएको थियो। उक्त खेलमा नेपालका तर्फबाट सेनु परियारले गोल गरेकी थिईन, उक्त एक मात्र गोल नै निर्णायक बनेको थियो।
प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो। एक खेलमा हार र एकमा जित निकालेको नेपाल फाइनलमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ। २ खेल खेलेको नेपालको मात्र ३ अंक छ। आजै हुने अर्को खेलमा आयोजक बंगलादेशले भुटानको सामना गर्नेछ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानले सहभागिता जनाएका छन्। सहभागी चार टोली मध्ये शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस