फिफा विश्वकप २०२६: फाइनल खेल अमेरिकाको न्यु जर्सीमा

तातोखबर, फुटबल / फिफा विश्वकप २०२६ को फाइनल खेल अमेरिकाको न्यु जर्सीमा हुने भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेल तालिका सार्वजनिक गर्दै मेट लाइफ स्टेडियममा १९ जुलाईमा फाइनल हुने घोषणा गरेको हो।
फिफाले ४८ राष्ट्र सहभागी हुने सबै खेलको तालिका सार्वजनिक गरेको छ। मेक्सिको सिटीस्थित एज्टेका स्टेडियमले उद्घाटन खेल होस्ट गर्नेछ। ३२ बाट ४८ देशमा पुर्याइएको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुत रूपमा आयोजना गर्दै छन्। मेक्सिको तीन विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र हुनेछन्।
यसअघि १९७० र १९८६ मा विश्वकप आयोजना गरेको थियो। अमेरिकाले १९९४ को विश्वकप आयोजना गर्दा क्यानडाको भने यो पहिलो पटक हो। अमेरिकाले आफ्नो पहिलो खेल १२ जुनमा लस एन्जलसमा खेल्नेछ।
क्यानडाले १२ जुनमा टरन्टोमा खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। मेक्सिकोले ११ जुनमा खेल्नेछ।
विश्वकप आयोजक राष्ट्रले समूह चरणका सबै खेल घरेलु मैदानमा नै खेल्नेछन्। क्वाटरफाइनल देखि भने विश्वकपका सबै खेल अमेरिकामा हुनेछन्।
२०२५ को अन्त्य सम्मा ड्र आउने फिफाले जनाएको। १६ शहरमा गरिने यो विश्वकपमा १ सय ४ खेल हुनेछन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस