अत्यन्तै कठिन बाल्यकाल बिताएका एक खेल प्रशिक्षक:सिंहबहादुर थिङ्ग
हेटौंडा, २१ माघ / पछिल्लो समयमा कम्प्युटर र मोबाईलको प्रयोग बढ्दै जाँदा बालबालिकाहरु यहि प्रविधिमा आधारित खेलकूद र मनोरञ्जनमा सक्रीय रहन थालेपछि उनीहरुमा शारीरिक ब्यायम नहुने र यसले उनीहरुको शारीरिक एवं मानसिक स्वास्थ्य छिट्टै विग्रन सक्ने चिन्ताले बालबालिकाहरुलाई कराँते प्रशिक्षण दिदै आएका छन् मकवानपुरगढीका सिंहबहादुर थिङ्ग ।
विकसित प्रविधि र उपकरणहरुका कारण बालबालिकाहरुमा शारीरिक ब्यायम गर्नुको सट्टा भिडियो गेम र मोबाईल फोन सेटमा आदत् बढ्दै गएपछि यसले बालबालिकाको मनोविज्ञान र शारीरिक स्वास्थ्यमा छिट्टै समस्या ल्याएर कम उमेरदेखि नै दीर्घ रोगी बन्न सक्ने चिन्ताका कारण उनले बाल स्वास्थ्यको भविष्यलाई हेरेर यस किसिमको प्रयास थालेको उनी बताउँछन् ।
बालबालिकाहरुलाई उनीहरुको स्वास्थ्यमा मात्रै नभएर खेलकूद भविष्यका साथै जोश र जाँगर बढाउदै सृजनशील बनाउन सकिने सम्भावना भएकोले आफ्नै प्रयासबाट कराँते प्रशिक्षण क्रियाकलाप सञ्चालन गर्दै आएको प्रशिक्षक थिङ्गको भनाई छ । विहानको समय बालबालिकाहरुलाई कराँते प्रशिक्षण दिएर आफ्नो जीवनयापन धान्नका लागि दिउँस अटो रिक्सा चालकका रुपमा स्वरोजगारी गर्दै आएका उनी बागमती प्रदेशको राजधानी हेटौंडामा त्यस्तै अटोरिक्सा चालकहरुमाझ भेटिन्छन् ।
प्रशिक्षक थिङ्गले बालबालिकाहरुमा पनि पहिले जस्तो कराँते खेलप्रति उत्साह कमै रहेको पाएका छन् । उनी भन्छन् ‘बालबालिकाहरु कराँते सिक्न आउँछन्, अलि कडा परिश्रम गर्न पर्ने चरणमा पुगेपछि बीचमा नै छोड्ने गरेका छन् ।’ लामा थप्छन्, ‘यस किसिमको खेलकूदकबाट बालबालिकाहरु भविष्यमा अनुशासित र सभ्य नागरिक बन्नुका साथै उनीहरुको ब्यक्तित्व विकासमा समेत टेवा पुग्न सक्छ तर बालबालिकाका अभिभावक र उनीहरु अध्ययन गर्ने विद्यालय व्यवस्थापन पक्षले आवश्यक सहयोग पु¥याउन सक्थे, खाशै चासो देखाएको मैले पाएको छैन ।’
बाल्यकालमा आफूले निकै कडा परिश्रम गरेर आफ्नो शारीरिक मानसिक स्वास्थ्य बलियो बनाउन सकेको महशुस गरेका थिङ्ग आफ्नो बाल्यकालमा खेलकूद र पढाईलाई भन्दा बढी आयआर्जनका लागि कडा परिश्रम गर्न बाध्य भएका थिए । मकवानपुरगढीको ५ नम्बर वडा, धादिङ्गको एउटा खुल्ला मैदानमा बालबालिकाहरुलाई कराँते प्रशिक्षण कक्षा सञ्चालन गर्न आवश्यक खेलकूद सामाग्री अभाव रहेको भनेर उनले स्थानीय पालिकामा निवेदन दिदै आएको भए पनि सुनुवाई नभएकोमा अहिले मकवानपुरगढी गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले ४० हजार रुपैया नगद उपलब्ध गराएर कराँते खेलका लागि चाहिने अत्यावश्यक खेल सामग्री खरिद गर्न पाएकोपछि केही राहत मिलेको महशुस गरेको जानकारी दिएका छन् ।
स्थानीय पालिकाले प्रदान गरेको उक्त रकमले आफूले दिदै आएको खेल मार्शल आर्टको विकासमा उत्साह थपिएको ठानेका प्रशिक्षक सिंहबहादुर थिङ्गले अब बालवालिकाहरुमा आत्मबाल अभिवृद्धि, अनुशासन पालना र नियमहरुके पालनामा कटिबद्ध बनाएर उनीहरुको शारीरिक सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने गरी खेलकूदमा सक्रीय बनाउने तयारीमा रहेको बताएका छन् ।
प्राथमिक तहको अध्ययन गर्दै गर्दा आफूलाई विद्यालयको शैक्षिक पाठ्यक्रम अध्यापन गराउने निर्मल धिताल नाम गरेका शिक्षकले शारीरिक कराते खेलमाथी गरेको चर्चाबाट निकै नै प्रभावित बन्न पुगेपछि यहि खेलमा भविष्य खोज्दै १३ वर्षको उमेरमा नै मेलापाता गरेर आफूलाई चाहिने पढाई खर्च र कराँते प्रशिक्षण खर्च जुटाउन थालेको उनी स्मरण गर्छन् । गरिब परिवारमा जन्म भएकोले आफ्ना बुबाआमाले आवश्यकताअनुसार पढाई खर्च र अन्य अत्यावश्यक खर्च दिन सक्ने अवस्था नरहेको १० वर्षको उमेरदेखि नै महशुस गरेका उनी त्यहि उमेरदेखि विद्यालयको पढाईसँगै केही कमाई हुने कामहरु सोच्न बाध्य भए भने उनले कठोर शारीरिक परिश्रम गर्ने निर्णयका साथ ज्याला बुनी गर्ने क्रियाकलापमा जोडिन पुगे ।
कराँते खेलप्रति जिज्ञाषा बढ्न थालेपछि बु्रस्ली, ज्याकी चाङ्लगायतका विश्वका चर्चित अभिनेताहरुको चलचित्र हेर्न हलसम्म पुग्न थालेका उनी कुनै पनि प्रतिभा आर्जन गर्नका लागि आफूमा त्यहि अभिरुची अनुसारको तृष्णा हुनु पर्ने बताउँछन् । हरेक दिन विद्यालयबाट छुट्टी भएपछि २ घण्टाको उकालो ओरालोबाटो पैदल हिडेर ३ वर्षजति कराँते खेल प्रशिक्षण लिएका सिंहबहादुर थिङ्लाई त्यति बेलाका प्रशिक्षक र सहपाठीहरुले ‘ज्याकी च्याङ’ को उपनाम दिएका थिए । उनी प्रशिक्षणसँगै स्थानीय क्षेत्रदेखि राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागी भईसकेको बताउँछन् । २०५६ साल असार २८ गते सितेरियो कराँते डोमा ब्ल्याकबेल्टको थर्ड डन उपाधी हासिल गर्न सफल उनी आर्थिक अभावलगायत अन्य घरायसी समस्याका कारण योभन्दा अगाडि बढ्न नसकेको विषयमा केहि असन्तुष्ट देखिन्छन् ।
विक्रम सम्बत २०३२ साल पौष २० गते मकवानपुरगढी गाउँपालिका ३ मा जन्मिएका सिंहबहादुर थिङ्गले आफ्नो बुबा आमा निरक्षर र गरिब भएकै कारण विद्यालयमा भर्ना गर्ने सोच्न नसकेको भएपनि नजिकका साथीहरु विद्यालयमा पढ्न गएको देखेपछि ‘पढ्न विद्यालय जानु पर्छ’ चेतना प्राप्त भएकोले आफ्नै प्रयासबाट अध्ययन गर्ने अवसर सृजना गर्न सकेको जानकारी दिएका छन् । माध्यमिक तहसम्मको पढाई गर्दै गर्दा त्योभन्दा माथीको पढाईका लागि उनी अगाडि बढ्न सकेनन् बरु उनी कराँते खेल प्रशिक्षक भएर आय आर्जन गर्ने विकल्प सोच्न थाले भने त्यसका लागि स्वअभ्यासमा बढी क्रियाशील रहन थाले ।
मकवापनुरगढी गाउँपालिका वडा नं. ३ मा रहेको कालीदेवी आधारभूत विद्यालयमा कक्षा ५ सम्म अध्ययन सकेर नजिकैको श्री सारदा माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययन गर्दा गर्दै उनी पढाई नै छोडेर जीविकोपार्जनका गतिविधिहरुमा संलग्न सहदै खेलकूद क्षेत्रमा योगदान दिन निरन्तर लागेपरेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस


