विश्व क्यान्सर दिवस: सबैभन्दा धेरै फोक्सोको क्यान्सरका बिरामी

तातोखबर, काठमाडौं / विश्व क्यान्सर दिवस। ‘ बढ्दै छ चुनौती क्यान्सरको ,पहुँच बढाऔँ स्याहारको’भन्ने नाराका साथ मनाइँदै छ। विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेव्रूअरी ४ तारिखमा मनाइँदै आएको छ। जसले गर्दा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ।

नेपालमा वर्सेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा पाँच जना मध्ये जना व्यक्तिमा क्यान्सर हुने गरेको छ भने करिब ९ मध्ये १ जना पुरुषमा र १२ मध्ये १ जना महिलामा क्यान्सर हुने गरेको छ।

Advertisement:

खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ। वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका चिकित्सकको भनाइ छ।

समयमानै पहिचान गरेर सफल उपचार हुने र रोग मुक्त हुन सकिने क्यान्सर बाट नेपालमा वर्षेनी २० हजारले ज्यान गुमाउछन्। बदलिँदो जीवनशैली, खानपान, वंशानुगत र सुर्तीजन्य पदार्थको सेवन गर्नेहरु क्यान्सरको उच्च जोखिममा रहने गर्छन्। यस्तै पछिल्लो समय बढ्दो वातावरण प्रदूषण पनि क्यान्सरको कारक तत्व बन्दै गएको क्यान्सर रोग विशेषज्ञहरु बताउदै आएका छन्।

नेपालमा क्यान्सरका विरामी कति छन् भन्ने यकिन तथ्याङ्क छैन। नेपालमा वर्षेनी २८ हजार क्यान्सरका बिरामी थपिन्छन्।

जसमा २० हजार जति विरामीको उपचार सफल नभरै मृत्यु हुन्छ। यसको प्रमुख कारण भनेको ढिलो अस्पताल पुग्ने र त्यस बेला सम्म क्यान्सर जटिल अवस्थामा पुगि सकेको हुँदा सफल उपचार नहुनुनै रहेको छ।

समयमानै अस्पताल पुगेर सुरुवाती चरणमानै क्यान्सर पत्ता लागे क्यान्सर पूर्ण निको हुन्छ, अहिले झन् यसको उपचारमा नयाँ नयाँ प्रविधी,औषधीहरु थपिदै गएका छन जसले गर्दा क्यान्सर उपचार झनै राम्रो हुँदै गएको छ तर हाम्रो देशमा भने बिरामीहरु प्राय क्यान्सर पहिलो दोस्रो चरणमा रहेको अवस्थामा भन्दा पनि जटिल बनि सकेको अवस्थामा अस्पताल पुग्ने हुँदा अप्ठ्यारो भइरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा देखिने सबैभन्दा धेरै क्यान्सर मध्ये फोक्सोको क्यान्सर हो। नेपालमा कुल क्यान्सरका बिरामी मध्ये १२ प्रतिशलाई फोक्सोको क्यान्सर रहेको छ।

यस्तो जीवनशैली अपनाउने

सुर्तिजन्य पदार्थबाट टाढै रहने   क्यान्सर हुने कारणमध्ये ८० प्रतिशत सुर्तिजन्य पदार्थको सेवनले हुने गर्दछ। त्यसैले सुर्तिजन्य वस्तुको सेवनबाट टाढै रहनु पर्छ। सुर्तिजन्य पदार्थको सेवनले फोक्सो, किड्नी, ब्ल्याडरको  र गर्भाशयको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ। सुर्ती र गुट्खा खाँदा मुख र पाचनग्रन्थीमा क्यान्सर हुन सक्छ।

नियमित व्यायाम  मोटोपन पनि क्यान्सर हुनुको एक प्रमुख कारण भएकाले शरीरको तौललाई नियन्त्रणमा राख्नु पर्छ। मोटोपनको कारण महिलाहरुमा पाठेघर, मूत्रनली तथा स्तनको क्यान्सर हुने सम्भावना रहन्छ।

सन्तुलित खानेकुरा   क्यान्सरबाट बच्नका लागि सन्तुलित खानेकुरा खानु पर्छ। फलफूल, हरियो सागपात र गेडागुडी धेरै खानु राम्रो हुन्छ। सकेसम्म पोलेको, बासी, ढुसी आएका खानेकुरा खानु हुँदैन। रासायनिक पदार्थ मिसावट भएका मिठाइ, जंकफुडबाट सकेसम्म टाढै रहेको राम्रो हुन्छ। यस्ता खानेकुरामा क्यालोरीको मात्रा पनि बढी हुन्छ। स्वाद बढाउनका लागि हानीकारक वस्तु प्रयोग गरिएको हुन्छ।

यसका साथै विकिरणहरुबाट समेत टाढा बस्नुपर्छ। कडाखालको घाममा समेत बस्नु हुँदैन। घाममा हुने विकिरणबाट छालाको क्यान्सर हुने सम्भावना धेरै हुन्छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application