अमेरिकामा रहेका नेपालीलाई सुविधामा पाईने घर किनेर बस्न सुझाव

अमेरिका, २० माघ/ स्थायीरुपमा अमेरिकामा बसोबास गर्न चाहने नेपालीहरुले भाडाको घरमा बसोबास गर्नुभन्दा सुविधामा पाईने घर किनेर बसोबास गर्न संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित घरजग्गा व्यवसाय सञ्चालन गर्दै आएका नेपालीले सुझाव दिएका छन् । अमेरिकामा घरजग्गा व्यवसाय गर्दै आएका एकदेव शर्माले आमसञ्चार प्रतिनिधिमार्फत यस्तो सुझाव दिएका हुन् ।

अमेरिकामा घरजग्गा व्यवसाय सञ्चालन गर्दै आएका पश्चिम नेपालको बाग्लुङका एकदेव शर्माले भाडामा बस्दै आएका नेपालीहरुलाई जतिसक्दो छिटो आफ्नै घर खरिद गरेर बस्न सुझाव दिएका छन् । उनले भनेका छन्, यदि नेपाली दाजुभाई दिदीवहिनीहरु अमेरिकामा स्थायी बसोबासका लागि भाडाको घरमा बस्दै आउनु भएको छ भने जति सक्दो छिटो सुविधामा पाईने घर खरिद गरेर बस्न म सुझाव दिन चाहन्छु । भाडा तिरेको रकम कहिल्यै फिर्ता हुदैन । त्यो नोक्शान हो । आफ्नै स्वामीत्वमा घर खरिद गरी आफ्नो सम्पत्तीको सुरक्षा गर्न तिर लाग्नुहोस् भन्ने मेरो सुझाव छ ।’

Advertisement:

नेपालको सरकारी जागीरमा करिब १५ वर्ष बिताएका शर्माले अमेरिका आउने अवसरलाई आफ्नो सुखद भविष्यसँग जोड्दै अमेरिकामा आफ्नै सम्पत्तिको रुपमा घर खरिद गरेर बसोबास गर्दा आफूलाई शान्ति र सुन्तुष्टि दिनुका साथै अमेरिका जस्तो सम्पन्नशाली मुलुकमा आफ्नो नाममा घर जग्गा भएकोमा गौरव महशुस गराउने पनि उनले बताएका छन् । अत्यावश्यक बन्दोबस्तीका दुई वटा झोला बोकेर नेपालबाट अमेरिकाका लागि यात्राको शुरुवात गर्ने नेपालीले अमेरिकामा नै घरजग्गा किनेर बस्न सक्ने सपना सानो सफना नभएको भन्दै स्थायी बसोबास अमेरिकामा नै गर्ने भएपछि ठूलो र आलिशान महल जोड्न नसकेपनि आफ्नो क्षमताले भ्याउन सक्ने घर खरिद गर्नु उपयुक्त हुने एकदेव शर्माको भनाई छ ।

करिव दुई दशकअघि अमेरिका प्रवेश गरेका उनले पनि आफ्नो देशको भाषा र जीवनशैली छोडेर परदेशमा पुग्दा कठोर सङ्घर्ष गर्नु परेको र ११ वर्षसम्म त्यहाँको एउटै कम्पनीको जागीर खाएर अनुभव बटुल्दै त्यहाँबाट अमेरिकी रहनसहनसँग भिज्न सफलता मिलेको अनुभूति गरेका छन् । सामाजिक जीवनसँग पनि निकट रहेर छिट्टै अरुका मन जित्न सक्ने क्षमता र स्वभाव भएको कारण आफूलाई अरुको जागीरभन्दा आफ्नै व्यवसाय उचित लागेर उनी यो घरजग्गा व्यवसायमा संलग्न भएको बताउँछन् । १० वर्षअघिदेखि घरजग्गा कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेका घरजग्गा व्यवसायी एकदेव शर्मा अमेरिकामा बढ्दो नेपालीहरुको आगमन भईरहदा प्रवासी नेपालीहरुलाई बसोबास साक्षरता दिलाउनुु पर्ने आवश्यकता ठान्दै यो यहि व्यवसाय सञ्चालन गर्दैै आएका हुन् ।

आफू अमेरिकामा पुग्दा नेपालीहरु घर किनेर बसोबास गर्नेको सङ्ख्या अत्यन्तै न्युन रहेकोमा अहिले आएर धेरै नेपालीहरुले त्यहाँको स्थायी बसोबासका लागि आफ्नै घर चाहिन्छ भन्नेमा झुकाव बढाउदै लगेको उनले पाएका छन् । बसाइ लम्बिदै गर्दा झण्डै ३ लाख डलर खर्च भईसकेको हिसाव किताब गरेपछि त्यो रकम फिर्ता नहुने गरी भाडामा गएको र त्यसपछि मात्रै आफूमा घर किनेर बस्नु उपयुक्त लागेपछ उनी अहिले अरुलाई यो विषयमा ज्ञान आदानप्रदान हुनु पर्नेमा जोड दिदै आएका छन् ।

सून्य डाउनपेमेन्टमा पनि घर किन्न सकिने विकल्पहरु अहिले अमेरिकामा रहेका जानकारी दिदै उनी भन्छन्, ‘आफूसँग १, २ लाख डलर छ, यतिले त घर कसरी किन्न सकिन्छ ? भन्ने बुझाई भएका नेपाली समुदायले आफूसँग मासिक किस्ता तिर्न सक्ने श्रोत देखाउन सक्ने हो भने आफूसँग मौज्दात रकम नहुदा पनि सून्य डाउन पेमेन्टमा घर किन्न सकिन्छ । लामोसमयदेखि अमेरिकामा नै बसोबास गर्दै आउनुभएका र स्थायी रुपमा नै अमेरिकामा बसोबास गर्दै आउनु भएका कोही हुनुहुन्छ भने आफ्नो नजिकको रियल्टरसँग सम्पर्क गरी घर खरिद गर्ने र ढुक्कसँग बस्ने सोच बनाउदा हुन्छ ।’

अमेरिकामा कमाएको सम्पत्ति नेपाल पठाउने र नेपालमा नै घरजग्गा जोड्न सोच भएका नेपालीहरु यतिबेला नेपाल पैसा पठाउन छोडेर अमेरिकामा नै स्थापित हुने तयारीमा लागिरहेको उनको भनाई छ । आफूले पनि पहिला अमेरिकामा कमाएको रकम नेपाल पठाउने गरेको र नेपाल नै फर्कने सोच बनाउदै आएकोमा नेपालबाट धमाधम नेपालीहरु विदेश पलायन हुनेक्रम जारी रहेपछि अमेरिकामा नै स्थापित हुने गरी घर खरिद गरेर बसोबास गर्न थालेको उनको भनाई छ ।
अमेरिकामा रहेका नेपालीहरुले घर खरिद गर्न लाग्दा कस्तो खालको घर आफ्नो परिवार र आफ्ना लागि उपयुक्त हुन्छ, राम्रोसँग ख्याल गरेर आफूले खरिद गर्न लागेको घरको सुविधा र गुणस्तरीयताको आधारमा खरिद गर्ने प्रकृयामा अगाडि बढ्नु पर्ने घरजग्गा व्यवसायी एकदेव शर्माको सुझाव छ । नेपालमा जस्तोे ठूलो बङ्गला अमेरिकामा बसोबास गर्ने प्रवासीहरुलाई आवश्यकता नरहेको उनको ठहर छ । सानो र चिटिक्क आकारको घर खरिद गरेर पछि त्यसलाई विस्तार गरी पारिवारिक आवश्यकताअनुसार बनाउन सकिने पनि उनी बताउँछन् ।

पछिल्लो समयमा अमेरिकामा आफू जस्ता धेरै घरजग्गा अभिकर्ता तथा व्यवसायीहरु उत्पादन भईसकेकोले अब घर खरिद गर्न चाहने उपभोक्ताहरुले पहिला जस्तो झण्झट व्यहोर्न नपर्ने व्यवसायी शर्मा बताउछन् । उनका अनुसार अमेरिकामा घर तथा कुनै पनि आवास गृह खरिद गर्न इच्छुक उपभोक्ताहरुले कुन व्यवसायीले कति र कुन गुणस्तरको घर विक्री गरेको छ ? त्यसको आधारमा विश्वास गर्ने समय आएको छ ।

प्रतिक्रिया दिनुहोस् :