देश अर्काले आएर बनाइदिन्न, आफैँले बनाउनुपर्छ: केपी ओली

kp-sharma-oli-tatokhabar

तातोखबर, काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा विद्यार्थीलाई देशप्रति समर्पित हुन आह्वान गरेका छन् ।

एमाले काठमाडौँ जिल्ला कमिटीद्वारा आज काठमाडौँमा आयोजित ‘युवा महोत्सव’मा उनले देश निर्माणका लागि युवाको सहभागिताको आवश्यकता औँल्याउदै देशलाई प्रेम गर्न समेत आग्रह गरे। “आफनो देशलाई माया गरौँ । म भाईबहिनीहरुलाई भन्न चाहन्छु कुनै पनि देश अर्काले आएर बनाइदिन्न, आफैँले बनाउनुपर्छ”, अध्यक्ष ओलीले भने ।

Advertisement:kp-sharma-oli-tatokhabar

उनले देशमा विद्यमान समस्या समाधानका लागि युवाको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गरे ।

“हाम्रा अघि समस्या छन्, युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । यो समस्यासँग भाग्ने होइन जुधेर समाधान गर्ने हो”, उनले भने, “देशमा निरकुंश राजतन्त्र र पञ्चायती तानाशाह थियो त्यसविरुद्ध हामी भागेको भए अहिले लोकतान्त्रिक गणतन्त्र यहाँ आउदैन थियो ।”

देशको उत्पादन र उत्पादकत्व बढाएर सुदृढ हुनुपर्नेमा जोड दिँदै विप्रेषणमा भरपर्नु अर्थतन्त्रका लागि राम्रो नभएको अध्यक्ष ओलीको भनाइ थियो ।

उनले युवालाई सहज ढङ्गले रोजगारी उपलब्ध गराउनेदेखि उद्यमशिलतातिर प्रेरित गर्न आवश्यक रहेको धारणा राखे। उनले देशमा ज्येष्ठ नागरिकको सङ्ख्या बढदो र प्रजनन दर घटदै गएकोप्रति चिन्ता समेत प्रकट गरे।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application