दलीय भागबण्डा प्रणालीले बिद्यालय ब्यबस्थापन समिति चयनमा सकस

तातोखबर, १९ माघ / दलीय राजनीति प्रणालीअन्तर्गत संस्थाहरुगत समितिहरुमा दलहरुको भागबण्डा नमिल्दा ती समितिहरुमो नेतृत्व चयनमा समेत सकस आएको छ । केन्द्रको राजनीतिमा जस्तै एउटा विद्यालयको व्यवसथापन समितिका विभिन्न पदका लागि चयन गरिने नेतृत्वमा समेत सकस आउन थालेको हो ।

विद्यालय व्यवस्थाप समितिको चयन प्रकृयामा सहभागीले बताएअनुसार राजनीतिक दलहरुको भागबण्डा नमिल्दा मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको श्री भानु माध्यमिक बिद्यालय ब्यबस्थापन समिति चयनमा सकस देखिएको छ । निर्बाचन कार्यक्रमअनुसार बिहिबार हिजो अन्तिम नामावली प्रकाशन र निर्बाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेकोमा एमालेका ४ र स्वतन्त्र २ बाहेक अरु उमेदवार निर्बाचन प्रक्रियामा सहभागी नभएपछि सहमतिको लागि भन्दै आज शुक्रबारसम्मको समय दिइएको छ ।

Advertisement:

उता नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्रले सर्बपक्षीय बैठकमा भएको सहमती कार्यान्वयन नभएकाले निर्बाचनमा भाग नलिने भन्दै प्रेस बिज्ञप्ति जारी गरेको छन् । यसअघि भएको सहमतिअनुसार एमालेको भागमा अध्यक्ष रहने गरी ३ सदस्य माओबादीको भागमा र २ सदस्य काङ्ग्रेसको भागमा अनि १ सदस्य रहने साथै स्वतन्त्र १ जनालाइ एमालेले समेट्ने भद्र साझा सहमति भएपनि एमालेले सबै आफ्नो मात्रै उमेदवार उठाएपछि आफूहरु निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको बिज्ञप्तिमा जनाइएको छ ।

नेपाली कांग्रेस मकवानपुरगढी गाउँसमिति सभापति राजबीर मोक्तान र नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँ समितिका अध्यक्ष राजकुमार खड्काद्वारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा भनिएको छ “शैक्षिक संस्थालाई राजनीतिक अखडा नबनाउने गरी अब्बल नेतृत्व चयन गर्न अस्तित्वमा रहेका राजनीतिक दलहरुको बैठकमा सहमति भएपनि त्यसलाई तोडेर एमालेले राजनीतिक बेइमानी गरेको कांग्रेस र माओवादीको निष्कर्श रहेको छ । साथै सार्बजनिक संघ सस्थामा फोहोरी राजनीतिक नगर्ने प्रण गर्दछौ।”

तर सहमतिको लागि शुक्रबार बैठक राखिएको बिद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले जानकारी दिएका छन् । विद्यालय ब्यबस्थापन समितिमा ४ जना सदस्यको लागि १० जनाले उम्मेद्बारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application