नागपोखरीमा लुयानको नयाँ शोरुम, नगद खरिदमा १५,००० छुट

Electric Scooter in Nepal Luyuan eScooter

तातोखबर, काठमाडौँ / चीनमा निर्मित गुणस्तरीय र प्रशिद्ध ब्राण्ड ‘लुयान’ को आधिकारिक बिक्रेता ‘जिरो इमिसन राइड (एन)’ ले काठमाडौँको नागपोखरीमा ‘लुयान’ को नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ‘देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित विद्युतीय स्कुटरहरु नेपालमा आधिकारिक वितरकको रुपमा बिक्रिवितरण तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको ‘जिरो इमिसन राइड (एन)’ ले प्रेस विज्ञप्ती जारी गर्दै कम्पनीले आफ्नो व्यवसायले ४ वर्ष पूरा गरि पाचौँ वर्षको यात्रा सुरु गरेको अवसरमा माघ १ गतेदेखि नयाँ शोरुम सञ्चालनमा ल्याएको जानकारी दिएको हो । उक्त शोरुम नागपोखरीबाट उत्तरढोका जाने सडकमा रहेको छ ।

नयाँ शोरुमसँगै ‘जिरो इमिसन राइड (एन)’ ले ‘लुयान, पाँचौ बर्ष बिशेष बहार’ स्किम लागु गरेको छ । यहि २०८० सालको माघ १७ गते देखि २०८० साल फाल्गुन ३० गतेसम्म लागु हुने यस स्किम अन्तरगत लुयान विद्युतीय स्कुटर खरिद गर्ने हरेक ग्राहकले नगद खरिदमा रु. १५,००० नगद छुट, एक बर्षको विमा तथा चालु आर्थिक बर्षको कर एवं एउटा गुणस्तरीय हेलमेट फ्रिमा पाउनेछन् । साथै नियमित जसो ६ पटकसम्मको फ्रि सर्भिस तथा वारेन्टी समेत पाउनेछन् । यो स्किम मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत लुयानको अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिनेछ ।

Advertisement:Electric Scooter in Nepal Luyuan eScooter

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application