जफत गरिएको गुट्खाजन्य पदार्थ मनहरीले गर्यो नष्ट

मकवानपुर – मनहरी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ मा गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । सोही अनुरुप नियन्त्रणका लागि नगर प्रहरी नियुक्त गरी अनुगमनमा तिव्रता दियो । पहिलो चरणमा व्यापारीलाई सम्झाउने/बुझाउने गरेको गाउँपालिकाले हाल गुट्खाजन्य पदार्थ जफत गरी नष्ट गर्न थालेको छ ।
बुधबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेती , प्रहरी प्रशासन , सञ्चारकर्मी लगायतको उपस्थितिमा गाउँपालिकाले जफत गरेको गुट्खाजन्य पदार्थ नष्ट गरेको छ । मनहरी ३ लामिटार स्थित राप्ती खोला किनारमा उक्त पदार्थ नष्ट गरिएको हो । गुट्खाजन्य पदार्थ अन्तरगत ४ सय ३६ थान भोला, १ सय १० थान पुकार, १७ थान राजनिवास, १४ थान रजनिगन्धा, ३ सय ८७ थान बाबा सुपारी नष्ट गरिएको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस