सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु
काठमाडौँ / सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ। दुर्घटनामा पाँचजना घाइते भएका छन्।
भुटानबाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको बोलेरो दोरिङ भीरमा दुर्घटना हुँदा दुई भुटानी नागरिक ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङमुको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
जीपमा सवार ७ मध्ये ६ जना भुटानी र एकजना नेपाली नागरिक रहेका थिए। घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ पुर्याइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

