बिद्यालयको ४८ औं बार्षिक उत्सव विविध कार्यक्रमका साथ सम्पन्न
हेटौंडा, १५ माघ / मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ देवीडाँडामा रहेको सरस्वती आधारभुत बिद्यालयको ४८ औं बार्षिक उत्सव सोमबार विविध कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । विद्यालयका प्रधानाध्यापक शारदा दाहालको विद्यालयको बार्षिक प्रतिबेदन पारित गर्दै वार्षिक उत्सव सम्पन्न गरिएको हो ।
विद्यालय व्यबस्थापन समितिका कार्यबाहक अध्यक्ष बिदुर हुमागाईको सभाध्यक्षता आयोजित वार्षिक उत्सव समारोहका प्रमूख अतिथि मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङतानले स्याङतानले बिद्यालयलाई गुणस्तरीय र निःशुल्क शिक्षाको लागि स्थानीय सरकारले जिम्मेवारी लिने बताए । सरस्वती आधारभुत विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै अभिभावकहरुसँग आफ्ना बालबालिकालाई ढुक्क भएर बिद्यालय पठाउन उनले आग्रह गरे ।
समारोहका प्रमूख अतिथि अध्यक्ष स्याङतानले अगाडि थपे, ‘यस बिद्यालयबाट सरुवा भई जानु भएका शिक्षकले पनि हप्ताको एक पटक समय व्यवस्थापन गरी शैक्षिकस्तर बृद्धिका लागि सहयोग गर्न म आग्रह गर्दछु ।’ त्यसैगरी कार्यक्रममा समारोहका बिशेष अतिथि गाउँपालिका शिक्षा शाखा प्रा स भगबती घिमिरेले समुदायको लिडर बिद्यालयले फिडर बिद्यालयलाई व्यवस्थित गर्न योजना बनाउन आग्रह गरिन् ।
कार्यक्रममा बिद्यालयका सल्लाहकार कमल फुँयालले बिद्यालयको बारेमा समुदायमा सकारात्मक सन्देश ब्यापकीकरण गर्न आवश्यक रहेको बताउदै यस बिद्यालयबाट माध्यामिक तहमा अन्य बिद्यालयमा गएका विद्यार्थीले राम्रो नतिजा ल्याइरहेकोले यहाको शैक्षिक गुणस्तरको बिषयमा प्रश्न उठाउन आवश्यक नरहेको बताए । उनले भने, ‘विद्यार्थीहरुमध्येबाट १ जनालाई मैले पूर्ण छात्रबृत्ति उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दछु ।’
कार्यक्रममा बिद्यालयका पूर्व प्रधानाध्यापक बिष्णुप्रसाद न्यौपाने, सीताराम दहाल र बिष्णु सापकोटाले विद्यालयको बिगतलाई स्मरण गर्दै सुभकामना मन्तब्य व्यक्त गरेका थिए भने विद्यालयलाई शैक्षिक सामाग्री, विद्यालय पोशाक उपलब्ध गराएको भन्दै ईस्थर ब्यन्जामिन स्मृति संस्था हेटौडा मकवानपुरले न्यानो कपडा उपलब्ध गराएकोमा लाईन्स क्लब अफ हेटौडालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका अबकाशप्राप्त प्रधानाध्यापक बिष्णुप्रसाद सापकोटा र शिक्षक भवानी सापकोटालाई सम्मान सहित बिदाइ गरिएको थियो । उक्त अबसरमा बिद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने साथै विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा साथै नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावकबीच भएको म्युजिकल चियर प्रतियोगितामा राधीका अर्याल बिजयी भएकी थिईन् ।
मनकामना दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष अर्जुनप्रसाद दहाल, ज्वालादेवी आधारभुत विद्यालयका प्रधानाध्यापक सरोज फुयाल, बाबियोडाडा टोल बिकास सस्थाका अध्यक्ष विश्वनाथ देवकोटा, देवीडाडा टोल बिकास सस्थाका अध्यक्ष निलप्रसाद न्यौपाने, ईस्थर ब्यन्जामिन स्मृति संस्था हेटौडाका कार्यक्रम संयोजक अमिर दहाल लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कक्षा ८ की छात्रा सपना सुनारले स्वागत मन्तब्य राखेकी जिथई भने शिक्षक हरि दहालले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस


