जुगल गाउँपालिकामा पाँच दिने होमेस्टे (घरबास) तालीम सप्पन्न

Homestay Training

चौतारा, १५ माघ / ग्रामीण पर्यटन विकासको एउटा औजार मानिएको होमस्टे (घरबास) तालीम सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा सम्पन्न गरिएको छ । रैथाने उत्पादनहरुको आधुनिक परिकार बनाउने सीपसमेतको ५ दिने होमस्टे (घरबास) तालिम सम्पन्न गरिएको हो ।

Homestay Training

जुगल गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त ५ दिने तालिमको समापन समारोहको प्रमूख अतिथि बागमती प्रदेशसभा सदस्य सरलसहयात्री पौडेलले जति नै पर्यटकीय गाउँ भएपनि यसको प्रबद्र्धन गर्न नसक्ने हो भने त्यसबाट स्थानीय बासिन्दाहरुमा कुनै प्रकारको परिवर्तन आउन नसक्ने धारणा ब्यक्त गरे । सम्पन्न गरिएको उक्त ५ दिने होमस्टे (घरबास) तालिमले सहभागी प्रशिक्षार्थीहरुमा उत्साह थपिएको र यसबाट त्यहाँको पर्यटन विकासको सम्भावना प्रष्ट भएको उनले बताए ।

Advertisement:Homestay Training

समापन समारोहलाई सम्बोधन गर्दै सांसद पौडेलले तेम्बाथाङ, दिपु, तेगालगायत विभिन्न वस्तीका बासिन्दाहरुसँग भेटघाट गरी प्रत्यक्ष रूपमा यस क्षेत्रका शिक्षा, स्वास्थ र पुर्वाधार विकासका बारेमा भईरहेको छलफललाई निरन्तरता दिदै जाने प्रतिबद्धता ब्यक्त गर्दै होमस्टे तालिमप्राप्त सहभागीहरुलाई तालीममा सिकेको सीपलाई व्यवहारमा उतार्न समेत आग्रह गरे ।

जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोको अध्यक्षतामा आयोजित तालिम समापन समारोहमा तालिमको आयोजना गर्नुको औचित्यको बारेमा अध्यक्ष स्याङ्बोले प्रष्ट पारे । जुगल गाउँपालिका र जिविकोपार्जन पुनरूत्थानका लागि दिगो पर्यटन परियोजना (क्त्ीच्ए)अन्तर्गत होमस्टे (घरबास) अभिमुखीकरण तथा आतिथ्यता तालिम सञ्चालन गरिएको उनले बताए ।

बजारमा रहेको मुस्ताङे आलु भनेजस्तै नयाँ स्वाद र डिजाइन सहित जुगले आलु नाम दिई बजारमा लाने प्रयास गरिने पनि होमस्टे तालीमका मूख्य संयोजक मिलन तामाङले जानकारी दिएका छन् । तामाङले भनेका छन्, ‘तेम्बाथाङबासीको सक्रीय सहभागिता, आतिथ्यतामा सहभागीहरुको सद्भाव र मायाप्रति हार्दिक आभार व्यक्त गर्दछु । जुगलका केही स्थानहरुमा निकट भविस्यमा सबै प्रक्रिया पूरा गरी होमस्टे सञ्चालन गर्ने र गराउनेमा पूर्ण विश्वास बढेको छ ।’ उनले अगाडि थपेका छन् ‘जुगल गाउँपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (क्त्ीच्ए)को आयोजनामा सम्पन्न कार्यक्रमले यस क्षेत्रको पर्यटन बिकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूर्ण बिश्वास लिएको छु ।’

होमस्टे विकास र विस्तारका अगुवा अभियान्ता एवं तालीमका प्रशिक्षक भीम केसीले रैथाने केक र जुगले आलुलाई ब्राण्डिङ गर्ने हो यसले उत्पादन क्षेत्रमा नयाँ उमङ्ग थप्न सक्ने धारणा ब्यक्त गर्दै बजारमा पाईने केकहरुमा अखाद्य पदार्थहरुको बढी मिश्रण हुने र यसले मानव स्वास्थ्य समेत विग्रन सक्ने हुँदा रैथाने कोदो एवं फापरबाट तयार गरिने केक लाभदायक हुने समेत दावी गरे ।

उक्त होमस्टे तालीम समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाणपत्र वितरण समेत गरिएको थियो भने तालिमको समापन समारोहको आयोजना गर्नुअघि होमस्टे (घरबास) सञ्चालनसम्बन्धी होमस्टे महासंघबाट तालीम दिन पुगेका होमस्टे महासंघका प्रतिनिधिहरुमध्ये होमस्टे विकासको अगुवा अभियान्ता भीम केसीको जन्मदिन समेत परेकोमा उक्त दिनलाई होमस्टे अभियानसँग जोडेर एक भव्य उत्सव मनाईएको थियो ।

अर्का होमस्टे प्रशिक्षक महासंघका कोषाध्यक्ष सुरज बास्तोलाले रैथाने उत्पादनलाई पाक शिक्षाको माध्यमबाट स्थानीय खाद्य परिकारको रुपमा विकास गरी होमस्टेमा आउने पाहुनालाई सत्कार गर्न सकिने जानकारी दिए भने उक्त तालीममा प्रशिक्षण दिनका लागि सहभागी भएकी होमस्टे महासंघ नेपाल, बागमती प्रदेश सदस्य तथा कुक मनिषा श्रेष्ठले नेपालमा एक नयाँ स्वादमा रैथाने खानाबाट कोदोको केक र जुगले आलु गरी २ परिकारलाई ब्रान्डिङ गर्ने साथै रैथाने (स्थानीय) उत्पादनबाट २६ परिकार खानाको पाक शिक्षा प्रदान गरिएको बताईन ।

नेपालका साथै सिन्धुपाल्चोकमा पर्यटकीय सम्पदाहरुको जानकारी, होमस्टे र यसको सञ्चालनका साथै होमस्टे दर्ता प्रक्रिया, जुगलमा पर्यटनको बिकास, प्रबद्र्धधन, पर्यटनको सम्भावनाका चुनौतिहरु र दैनिक जसो शेर्पा समुदायको आकर्षक सांस्कृतिक नाचगान सहित जुगल हिमालको आधार क्षेत्र जुगल गाउँपालिका ३ तेम्बाथाङमा ५ दिने आवासीय होमस्टे (घरबास) तालिम सम्पन्न गरिएको थियो । तालीममा जुगल गाउँपालिका वडा न. २, ३ र ६ गरी ३५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए ।

तालीम समापन समारोहमा जुगल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष लक्षमान दोङ, वडा नं. ४ का वडा अध्यक्ष प्रेम तामाङ, ३ नं. वडा सदस्य मिङमार शेर्पा लगायत विभिन्न सामाजिक ब्याक्तित्वहरुको उपस्थित रहेको थियो । ब्रान्डिङ गर्न खोजिएको कोदोको केकलाई बजारमा लानुपूर्व ल्याब टेस्ट गरिने र यो प्रक्रियाका कामहरु सबै होमस्टे महासंघ नेपालले गर्ने बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application