६ पटकको विजेता मनाङ मर्स्याङ्दीसँग भिड्दै जावलाखेल

ताताेखबर, पाेखरा / आहा-रारा पोखरा गोल्ड कपको २३ औँ संस्करणअन्तर्गत सोमबार मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच खेल हुँदै छ। खेल दिउँसो साढे २ बजे शुरु हुनेछ ।
यो संस्करणमा मनाङ मर्स्याङ्दीको यो नै पहिलो खेल हो भने जावलाखेल युथले गत माघ ११ गते भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो ।
आजको विजेता टोलीले यही समूहमा रहेका आयोजक सहारा क्लब पोखरा र भुटानको पारो फुटबल क्लबलाई पराजित गर्दै अगाडि आएको थ्री स्टार फुटबल क्लबसँग माघ १७ गते प्रतिस्पर्धा गर्नुपर्ने छ ।
यी दुई टोलीको आहा–रारा पोखरा गोल्ड कपको विगतलाई हेर्ने हो भने मनाङ मर्स्याङ्दी क्लबलाई बलियो प्रतिस्पर्धी हो । मनाङ मर्स्याङ्दी क्लब २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ साल गरेर ६ पटकको उपाधि विजेता टिम हो । जावलाखेल यूथ क्लबले २०६८ मा उपविजेतामा मात्रै चित्त बुझाएको छ। आहा-रारा पोखरा गोल्ड कपमा मनाङ मर्स्याङ्दी क्लबले जसरी नियमित सहभागिता जनाउने गरेको छ त्यसरी जावलाखेल नियमित सहभागी हुने गरेको छैन ।
१२ ‘टिम’ को सहभागी रहेको प्रतियोगिताको फाइनल माघ २० गते दिउँसो १ बजे हुनेछ। यो गोल्डकपको २२ औँ संस्करणको उपाधि संकटा क्लबले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस